एपिएफलाई प्रधानमन्त्री कप महिला भलिबल उपाधि

110

नेपालगन्ज-पाँचौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफल क्लबले उचालेको छ । गतवर्ष उपाधिका लागि भारतको रेलबे क्लबसँग हार बेहोरेको एपिएफले यसवर्ष भने उपाधि चुम्न सफल भयो । बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको लिग कम नकआउट प्रतियोगिताको सुरुवातीदेखि नै विजय यात्रा सुरु गरेको एपिएफले शिवम् न्यु डायमण्डलाई हराउँदै उपाधि जितेको हो ।

नेपालगन्ज रंगशालाको कबर्डहलमा सोमबार भएको फाईनल खेलमा एपिएफले न्यु डायमण्डमाथि कठिन जित निकालेको छ । सुरुवातीमा एपिएफमाथि नै हावी भएको न्यु डायमण्डले प्रर्दशनलाई निरन्तरता दिन नसक्दा उपाधिको लक्ष्यबाट चुकेको हो । उपाधि भिड्न्तमा एपिएफले शिवम् न्यु डायमण्ड एकेडेमीमाथी ३–२ को कठिन जित निकालेको छ । शिवम् न्यु डायमण्डले पहिलो सेटमा २५–१२ सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । तर, दोश्रो र तेश्रो सेटमा खेलमा फर्कदै एपिएफले २५–२१ र २५–१६ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो । चौथो सेटमा शिवम् न्यु डायमण्डले पुनरागमन गर्दै २५–२१ ले आफ्नो नाममा गर्दै खेललाई २–२ को बराबरीको अवस्थामा पु¥याएको थियो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको अन्तिम सेटमा भने दुई पटक शिवम न्यु डायमण्ड म्याच प्वाइन्टमा पुगेर चुकेपछि खेललाई एपिएफले १९–१७ ले जित्यो । रोमाञ्चक बनेको फाइनलमा शिवम न्यु डायमण्डकी प्रतिभा मालीले एक्लैले ५४ अंक जोडेकी थिइन् ।

तर, टिमले भने उपाधि जित्न सकेन् । त्यसैगरी मञ्जु गुरुडले १८ अंक बनाईन् । एपिएफकी सरस्वती चौधरीले ३६ अंक जोड्दा नेविका चौधरीले २१ अंकको योगदान दिएकी थिइन् । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी, प्रतिभा उत्कृष्ट स्पाइकर, न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, उत्कृष्ट सटर न्यु डायमण्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपिएफकी नेविका चौधरी र उत्कृष्ट ब्लगरमा एपिएफकी हिरा केसी पुरस्कृत भईन् । प्रतियोगिताको विजेता टोली एपिएफले ट्रफी सहित नगद २ लाख रुपैयाँ प्राप्त गरेको छ, भने उपविजेता न्यु डायमण्डले १ लाख र तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार प्राप्त गरेको छ ।

Womui
Womui