प्रधानमन्त्री कपमा न्यु डायमण्ड र एपीएफ फाइलनमा

193

नेपालगन्ज-पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगितामा शिवम् न्यु डायमण्ड र शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा पुगेका छन् । सोमबार हुने फाइनल खेलमा उपाधिका लागि यी दुईटिम आमनेसामने हुनेछन् । प्रतियोगिताको सुरुवातीदेखि नै अपराजित यी दुबै समूह उपाधिका दाबेदार मानिएका छन् । आइतबार नेपालगन्ज कभर्ड हलमा भएको सेमिफाईनल खेलमा शिवम् न्युडायमण्डले बंगलादेशको इफाटलाई तथा एपीएफले नेपाल पुलिसलाई समान ३–० को सोझो सेटमा हराउँदै उपाधि भिड्न्त पक्का गरेका हुन् ।

सेमिफाईनलमा न्यु डायमण्डले बंगलादेशको इफाट ग्रुपमाथी २५–६, २५–६ र २५–८ को सहज जित निकालेको थियो । शिवम् न्यु डायमण्डको जितमा ओपन स्पाइकर मञ्जु गुरुङ वुमन अफ द म्याचबाट पुरस्कृत भएकि छन् । नेपाली महिला भलिबलमा महत्वपूर्ण स्पाईकरको रुपमा लामो समय देखि खेल्दै आएकी मन्जु शिवम् न्युडायमण्डको दोश्रो ओपन स्पाईकरको भूमिकामा छिन् । सेमिफाईनल खेलमा उत्कृष्ट प्रदर्शन गरेकी गुरुङले टिमका प्रशिक्षकको अनुरोधमा टिमको सदस्य बनेको बताइन् । ‘आफ्नै भूमिमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितालाई मिस गर्न चाहान्नथे, त्यसैले शिवम् न्यु डायमण्डको सदस्य बनेर खेलेकी हुँ ।’ उनी पश्चिमाञ्चलकी कप्तान समेत हुन् ।

यस्तै दोस्रो सेमिफाइनलमा सशस्त्रको एपीएफ क्लब विजयी भएको हो । सरस्वती चौधरी वुमन अफ द म्याच भएको अर्को खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई २५–९, २५–१९, २५–२१ ले हरायो । बाँके जिल्ला भलिबल संघले आयोजना सञ्चालन भएको प्रतियोगिताको बिजेताले २ लाख, उपबिजेताले १ लाख र तेस्रो हुनेले ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको अन्तिम दिन सोमबार तेस्रो स्थानका लागि बिहान ११ बजे बंगलादेशको इफात क्लब र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जनाएको छ । फाइनल खेल शिवम् न्यु डायमण्ड र एपीएफबीचमा दिउँसो १ बजे हुने बताइएको छ ।

Womui
Womui