विश्व अर्वान फोरममा उपप्रमुख सञ्जु सहभागी

93

नेपालगन्ज-मलेशियाको क्वालालम्पुरमा हुने नवौं विश्व अर्वान फोरममा कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जुकुमारी थारु सहित नेपालबाट ५ जनाको सहभागिता हुने भएको छ । यूनाइटेड सीटीज एण्ड लोकल गभरमेन्ट एशिया प्यासीफिकको आयोजनामा बिहीबार बेलुकादेखि ४ दिनसम्म सो कार्यक्रम चल्नेछ ।

एशियाका विभिन्न राष्ट्र, शैक्षिक संस्था, प्राविधिक संस्था, पेशागत संघ संगठन, नागरिक समाजका अगुवा गरि २५ हजारको सहभागिता रहने आयोजकले जनाएको छ । नेतृत्वमा तहमा महिलालाई अवसर कि चुनौती, महिलाको क्षमता अभिवृद्धि गर्न यूवा महिला नेतृत्वको अवस्था, लैगिंक समानताका नीति तथा योजना विषयमा छलफल हुने कार्यक्रममा सहभागी उपप्रमुख सञ्जुले जानकारी दिईन् ।

Womui
Womui