बालश्रमिक खोज्दै उपमहानगरपालिका

21

नेपालगन्ज-उपमहानगरपालिकालाई बालश्रम मुक्त बनाउनका लागि नेपालगन्ज उपमहानगरपालिकाले बालश्रमिकहरु खोज्न थालेको छ । बालश्रमिकहरुको खोजी गरी उनीहरुको विकल्प र समग्र उपमहानगरलाई नै बालश्रम मुक्त बनाउनका लागि बालश्रमिक खोज्न थालिएको हो । अधिकांश व्यवसायिक क्षेत्रमा बालश्रमिकको प्रयोग बढीरहेको गुनासो आएपछि उपमहानगरले बालश्रमिको खोजी अभियान नै सुरु गरेको हो ।

सडक छेउ तथा भित्रपट्टी रहेका होटल तथा व्यवसायिक पसलहरुमा बालश्रमिको प्रयोग उच्च रहेको भन्दै उनीहरुको खोजी गरी निराकरणका लागि अभियान सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । बालश्रमिकको पहिचान गरी उनीहरुलाई पुनः श्रममा आउन नदिनको लागि उचित विकल्प सहित व्यवस्थापनका लागि बालश्रमिक खोजी अभियान सुरु भएको छ ।

Womui
Womui