ओली र दाहालबीच गोप्य वार्ता

81

काठमाडौं-एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच एक घन्टा बढी गोप्य वार्ता भएको छ । भावी प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष ओली र प्रचण्डबीच ललितपुरको मानभवनको एक घरमा करिब सवा घन्टा वार्ता भएको हो ।

भेटवार्तामा पार्टी एकता, नयाँ सरकार गठन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । पेरिसडाँडाबाट निवास तर्फ फर्किर्दै गर्दा ओली र प्रचण्डबीच भेटवार्ता तय भएको थियो । दुवै नेताले सहयोगीसमेत नलगी मानभवको एक घरमा भेटवार्ता गरेका हुन् । दुई शीर्ष नेताबीचको यो भेटलाई महत्वका साथ हेरिएको छ ।

Womui
Womui