प्रदेश ४ बाट राष्ट्रिय सभामा कांग्रेसका ४ उम्मेदवार

93

काठमाडौं-नेपाली कांग्रेसले प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभाका ४ उम्मेदवारको टुंगो लगाएको छ । राष्ट्रिय सभाका थप उम्मेदवार टुंगो लगाउन सभापति शेरबहादुर देउवासहित कांग्रेस शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ ।

बैठकमा सहभागी नेता बालकृष्ण खाँण अनुसार प्रदेश चारबाट सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा राना मगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपांगरअल्पसंख्यक) बाट उम्मेदवार बन्ने भएका छन् । यसअघि मंगलबार कांग्रेसले प्रदेश सातका ४ उम्मेदवार टुंग्याएको थियो । राष्ट्रिय सभा चुनाव माघ २४ गते हुँदैछ। भोलि उम्मेदवारी दर्ता गर्नु पर्नेछ ।

Womui
Womui