‘भौतिक सुख र शारिरीक सन्तुष्टीका लागी मात्र प्रेम गरियो’

59

नेपालगन्ज-युवा पुस्ताले प्रेमका विषयमा आ–आफ्नै तर्क र विश्लेषण गरिरहेका छन् । नेपालगन्ज धम्बोझी घर भई राजधानीमा मोडलिङ पेशालाई अगाडी बढाईरहेकी बिमता घर्तीमगर ‘अनु’ प्रेमको सम्बन्धमा यस्तो बताउँछिन् ।

प्रेम के हो ?
मानिसको भित्री आत्मादेखी उत्पन्न हुने एउटा महसुस हो । जुन केशमा एक अर्काप्रति आर्कषित भई प्रेम हुन्छ । प्रेम न त छुन सकिन्छ, न त हेर्न सकिन्छ । मात्र महसुस गर्न सकिन्छ । दुई आत्माको मिलन भई एक अर्कालाई हेरचाह गर्नु नै प्रेम हो ।

प्रेम किन गरिन्छ ?
प्रेम आफै हुने चिज हो । प्रेम हुनलाई कुनै कारण चाहिदैन । प्रेम यस्तो शक्तिशाली चिज हो, जो विना दुनिया सोच्नै मुस्किल छ । संसारमा भएका सबै प्राणी माया प्रेमले अडिएको छ । त्यसमध्ये मानिस पनि प्राणी हो । जो प्रेम बिना अधुरो र अपुरो छ । त्यसैले हामी एक्लै जीवन चलाउन त के सोच्न पनि सक्दैनौं । हरेक दुःख, सुखमा साथ र एक्लोपन हटाउन प्रेम गरिन्छ ।


तपाईको प्रेममा यादगार क्षण ?
मेरो प्रेमको हरक्षण यादगार नै छन् ।

युवा पुस्ताको प्रेमलाई के भन्नुहुन्छ ?
अहिलेको युवा पुस्ताको प्रेम देख्दा ९० प्रतिशत मैले फेसनको रुपमा र शारिरीक आर्कषणको रुपमा मात्र पाएकी छु । यहाँ मनले मनसँग भन्दापनि रुप र धनको लागी प्रेमलाई माध्यमको रुपमा प्रयोग गरेको पाएकी छु । त्यसैले आजभोली भौतिक सुख र शारिरीक सन्तुष्टीका लागी मात्र प्रेम गरिरहेको देखिन्छ । मनदेखी प्रेम गर्ने जोडीहरु प्रायः कमै मात्रामा पाईन्छन् ।


प्रेममा सुझाव ?
मेरो विचारमा प्रेम सबैलाई गर्नुपर्दछ । तर प्रेम पनि धेरै किसिमका हुन्छन् र कस्लाई कुन रुपमा र कति हदसम्म प्रेम गर्ने भन्ने कुरा आफै बुझ्नु जरुरी छ । प्रेम यस्तो शक्ति हो, ज्यान लिन्छ पनि दिन्छ पनि । त्यसैले जीवन जिउने आधार मानेर प्रेम गर्नुहोस्, जसले तपाईको जीवन सहज तरिकाले चल्न सकोस् ।

 

Womui
Womui