पृथ्वीजयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको वतव्य

257

नेपालगन्ज-पूर्वराजा ज्ञानेन्द्र शाहले २९६ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय जागरण पैदा गर्ने आशाको दीयो जागेको बताएका छन् । पूर्वराजाले वर्तमान राजनीतिक नेतृत्वप्रति विगतमा जस्तै गुनासो खोल्दै आफ्नो वक्तव्यमा भनेका छन्, ‘नयाँ नेपालको सपना देखाउँदै गरिएको राजनीतिक परिवर्तन पश्चात हाम्रो सार्वभौमिक स्वतन्त्रता, राष्ट्रिय एकता, सामाजिक सदभाव तथा क्षेत्रीय अखण्डता मक्किँदै गएको छ ।’

ज्ञानेन्द्रको वक्तव्यमा अगाडि भनिएको छ, ‘आफ्नै भूमिभित्र एउटा नेपालीले अर्को नेपालीलाई वैरभावमा देख्ने परिस्थिति बनेको वर्तमानमा हिमाल, पहाड र तराईमा बसोबास गर्ने हामी नेपालीलाई भौगोलिक एवं सामाजिक एकताको कडीमा राख्नुपर्ने आजको यथार्थलाई सबैले सगौरव आत्मसाथ गर्नुपर्छ ।’ ज्ञानेन्द्रले अगाडि भनेका छन, ‘निर्दयी कदम चाल्नेहरुलाई, जनतामा आएको सचेतनाले, नेपालको अस्तित्व नै खतरामा पर्ने त्रास उत्पन्न भइरहेको वर्तमानमा, सम्भालिएर अघि बढ्नुपर्ने बाध्यतामा पु¥याइदिएको छ ।’

Womui
Womui