कठ्यांग्रिदो चिसोमा पुर्वराजाको दौडधुप- ( फोटो फिचर )

116

प्रशिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर दर्शन

नेपालगन्ज-केहीदिन देखी नेपालगन्जमा कठ्यांग्रिदो जाडोका कारण प्रायः मानिसहरु घरबाहिर निस्कदैनन् । आपतकालिन काम बाहेक घर बाहिर मानिसहरु निस्कन छाडेपछि बजार क्षेत्रको चहल पहल कम हुन्छ । तर, पश्चिम नेपालको भ्रमणमा रहेका पुर्वराजा ज्ञानेन्द्र शाह चिसोको कुनै प्रवाह नगरी दिनहुँजसो दौडधुप गरिरहेका छन् । चिसोको कुनै प्रवाह नगरी सर्बसाधारणले पनि उनलाई हौसला बढाइरहेका छन् ।

नेपालगन्जमा शनिबार त्यस्तै दृश्य देखियो । पुर्वराजा ज्ञानेन्द्र शाह शनिबार बागेश्वरी मन्दिरमा पुजा गर्न आएको कुरा थाहा पाएर सर्वसाधारण तथा उनका सर्मथकको भिड नै लाग्यो । पश्चिम क्षेत्रको भ्रमणमा आएका पुर्वराजा ज्ञानेन्द्रले मन्दिरमा पुगेर करिव २० मिनेट जति पुजापाठ गरे । पुजापाठका क्रममा पुर्वरानी कोमल पनि उपस्थित भएकी थिईन् । झण्डै करिव ९ वर्षअघि पुजा गरेर फर्केका पुर्वराजाको यो दोस्रो पटकको मन्दिर दर्शन हो ।

तस्बिरहरु : भगतराम थारु

Womui
Womui