बिद्यार्थीलाई बिद्यालयसम्म ल्याउन नरैनापुरमा छलफल

69

नेपालगन्ज-बाँकेको ‘बघौडा क्षेत्र’ भनेर चिनिने दुर्गम नरैनापुर गाउँपालिकामा बिद्यालय जाने बालबालिकाको संख्या बढाउने विषयमा अन्तरक्रिया गरिएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा त्यस क्षेत्रका करिव ४० वटा बिद्यालयका प्रधानाध्यापक र शिक्षक प्रतिनिधिको सहभागिता रहेको थियो । आधा भन्दा धेरै बालबालिका बिद्यालय बाहिरै रहेको अवस्थामा उनीहरुलाई कसरी बिद्यालयसम्म नियमित आउने वातावरण बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको गाउँपालिका अध्यक्ष मोहम्मद इस्तियाक साहले बताए ।

कति बालबालिका सीमापारी भारतका बिद्यालयमा समेत जाने गरेको, धेरैले गरिबी र चेतना अभावका कारण पढाउन नसकेको, भाषागत समस्या रहेको र विद्यालय भर्ना भएका विद्यार्थीले समेत बीचमै कक्षा छाड्ने गरेको समस्या रहेको शिक्षकहरुले बताएका थिए । ‘अब सबै मिलेर बिद्यालय बाहिर रहेका बालबालिकालाई बिद्यालयमा ल्याउन पहल गर्ने र त्यस क्षेत्रको शैक्षिक गुणस्तर बढाउने विषयमा गम्भीर छलफल गरेका छौं,’ गाउँपालिकाका अध्यक्ष साहका सहयोगी धिरज खड्काले भने, ‘अब चाँडै अभिभावकलाई ‘कन्भिन्स’ गर्ने र शैक्षिक वातावरण सुधार्ने किसिमले काम अघि बढ्छ, सबै यसमा सहमत भएका छन् ।’ छिट्टै अभिभावकलाई समेत राखेर अर्को अन्तरक्रिया र छलफल गरिने खड्काले बताए ।

Womui
Womui