अन्तराल स्पेशल अवार्ड उमालाई, दीपकलाई प्रतिभा पुरस्कार

233

नेपालगन्ज-११ औं स्थापना दिवसको अवसरमा अन्तरालले विभिन्न क्षेत्रमा योगदान पुरयाएका व्यक्तिलाई सम्मान र पुरस्कार दिने भएको छ । अन्तराल स्पेशल अवार्डबाट नेपालगन्ज उपमहानरपालिकाका उपमेयर उमा थापामगरलाई सम्मान गरिने भएको छ । यस्तै अन्तराल प्रतिभा पुरस्कार गायक दीपक सल्मानीलाई प्रदान गरिनेछ । समाजमा विशिष्ट योगदान दिने व्यक्तिलाई अन्तरालले आफ्नो स्थापना दिवसमा स्पेशल अवार्डबाट सम्मान गर्ने गरेको छ ।

यसवर्षदेखि विभिन्न क्षेत्रका उत्कृष्ट प्रतिभालाई पुरस्कृत गर्ने उद्देश्यले अन्तराल प्रतिभा पुरस्कार स्थापना गरिएको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । पुरस्कारको राशी ५ हजार ५ सय ५५ रहनेछ । उमा लामो समयदेखि पत्रकारिता, बिद्यार्थी राजनीति, खेलकुद हुदै हाल नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर छिन्, भने नेपालगन्ज निवासी दीपक लामो समयदेखि गीत संगीतका क्षेत्रमा क्रियाशील छन् ।

उनी राजधानी काठमाण्डौ र ल्हासा (तिब्बत) मापनिगायन क्षेत्रमा सक्रिय भएका थिए । अन्तरालले नेपाल फल्याग फेस्टिवल, नेपालगन्ज फोटो फेस्टिवल, नेपाल इण्डिपेन्डेन्ट फिल्म फेस्टिवल, नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी, अन्तरालकप फुटवल आयोजना गर्दै आएको छ भने नेपालगन्ज गोल्डकप फुटबल लगायत इभेन्टहरुको व्यवस्थापन गर्दै आएको छ ।

Womui
Womui