नवनिर्वाचित प्रदेश सभा सदस्य हमाललाई यसरी गराईयो बजार परिक्रमा

153

नेपालगन्ज-बाँकेको प्रदेश सभा–२ ‘ख’ बाट निर्वाचित प्रदेश सभा सदस्य सुरेन्द्र हमालको विजय उत्सव निकालिएको छ । लोकतान्त्रिक गठबन्धनले नेपालगन्जको गणेशमान चोकबाट उक्त विजय उत्सव निकालेको हो ।

गणेशमान चोकबाट सुर्खेतरोड हुदै निस्केको विजयी उत्सवमा नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागी भएका छन् । विजयी उत्सव सुरु गर्नुअघि नेपाली काँग्रेस बाँकेका कार्यबाहक सभापति सुनिलनरसिंह राणा र नवनिर्वाचित प्रदेश सभा सदस्य हमालले स्वर्गिय गणेशमानको शालिकमा माल्र्यापन गरेका थिए ।

विजयी रयाली स्थानीय सहिद सेतु बिक चोकमा पुगेर समापन गर्ने नेपाली काँग्रेसका नेता सुनिलसिंह हमालले जानकारी दिए । ओलम्पियन हमालले हालै सम्पन्न निर्वाचनमा संघिय समाजवादी फोरमका दुर्गेश बैश्यलाई पराजित गरेका थिए ।

Womui
Womui