‘दर्जनौं एमाले कार्यकर्ता’ काँग्रेसमा प्रवेश

152

खजुरा-एमालेले आफ्नो आधार इलाका मान्दै आएको बाँकेको क्षेत्र नम्वर ३ खजुरामा काँग्रेसको दवदवाह देखिएको छ । काँग्रेसका युवा नेता तथा क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहले एमालेका दर्जनौं कार्यकर्तालाई काँग्रेसमा प्रवेश गराएका छन् । मौन अवधि सुरु हुनुपुर्व सन्ध्यामा एमालेलाई ठूलो झट्का लाग्नेगरी खजुरामा काँग्रेसले प्रजातन्त्र र लोकतन्त्र मान्नेलाई एकत्रित गर्न सफल भएको लोकतान्त्रिक गठबन्धनले जनाएको छ ।

 

एमाले छाडेर काँग्रेस प्रवेश गर्नेहरुले कम्युनिष्ट अधिनायकवाद लाड्न खोजेको भन्दै त्यसले मुलुकलाई ठूलो संकटमा पार्न खोजेको कुरा बुझेर आफुहरु काँग्रेसमा आएको उनीहरुको भनाई छ । खजुराको एफ गाउँमा आयोजित चुनावी सभामा एमालेका युवा कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेका हुन् । चुनावको मुखमै एमाले छाडेर काँग्रेसमा प्रवेश गरेपछि लोकतान्त्रिक गठबन्धनप्रति जनलहर बढेको प्रदेशसभा ख का निर्वाचन परिचालन समितिका संयोजक रमेश सिंजालीले बताए ।

Womui
Womui