‘कोहलपुर क्षेत्रको समग्र विकासका लागी मेरो उम्मेदवारी’

108

प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन नजिकिँदैछ । पार्टी, नेता, कार्यकर्तामा पनि चुनावी सरगर्मी बढिरहेको छ । यस बीचमा बाँके जिल्लाको तिनवटै निर्वाचन क्षेत्रमा पनि सबै दलले चुनावी प्रचार–प्रसारको अभियानलाई तिव्रता दिइरहेका बेला नेपाली काँग्रेस प्रदेश सभा-१ (ख) का उम्मेदवार नारायणप्रसाद गौडेल भने आफ्नो चार दशकको राजनीतिक इतिहास रच्ने दाउमा छन् । हुन त राजनीति बाहेकका सामाजिक संघ, संस्थामा रहेर आम जनताको प्रत्यक्ष सेवामा अनवरत रुपमा लागिपरेकोले उनलाई चुनाव जित्न सहज देखिन्छ । निडर, स्पष्ट वक्ता र सहयोगी भाव गौडेलका विशेषता हुन् । पार्टीभन्दा बाहिर विभिन्न संघ, संस्थाहरु (नेपाल रेडक्रस सोसाईटी उपशाखा कोहलपुर, बसपार्क सुधार समिति कोहलपुर, कोहलपुर माबि, दिब्या विद्या सदन जस्ता दर्जनौं संघ, संस्थाहरु)मा रहेर आफ्नो कुशल क्षमता प्रर्दशन गरिसकेको हुनाले पनि उनलाई भोट दिन आतुर भएको स्थानीय बुद्धिजिवी बताउँछन् । यसैक्रममा चुनावको तयारी लगायत विविध विषयमा उम्मेदवार गौडेलसँग गरिएको कुराकानी :-

घरदैलोका क्रममा जनताका अपेक्षा के पाउनुभयो ?
जनताले भने यसपटक नयाँ निर्णय गर्दैछौं भनेका छन् । योपटक बाँके प्रदेश सभा–१ (ख)का मतदाताले परिर्वतनका पक्षमा मत जाहेर गर्नेछन् । जनताले बुझिसकेका छन् । जनताको ठूलो अपेक्षा खास केही छैन । माग र अपेक्षा सामान्य छन्, जुन जायज पनि । खानेपानी, स्वास्थ्य चौकी, विद्युत बाटो, यस्तै विषय जनताको अपेक्षा छ । जनताले धेरै दुःख पाएका छन् । प्रदे सभा–१ (ख) को विकासका लागि म संधै तयार रहने छु । जनताले देखेका सपना नै मेरा सपना हुन ती सपनाहरु पुरा गराउनका लागि पनि मलाई भोट दिएर यहाँका जनताले मलाई निर्वाचित गराउनुहुने छ भने मैले विश्वास लिएको छु ।

यहाँका भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित के योजना छ ?
यस क्षेत्रमा रहेका करिव ६० प्रतिशत सम्पूर्ण भूमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गरी दिर्घकालिन योजना तथा नीति तर्जुमा गरी जग्गा धनी प्रमाणपत्र उपलब्ध गराईनुका साथै जनता आवास कार्यक्रम मार्फत आधुनिक बस्ती निर्माण गर्छौ । साथै कोहलपुर उत्तर चौराहाको मुक्त कमैया बस्ती, बर्दहवाको थारु बस्ती, मैटवाको थारु गाउँ, झण्डवा, लखनवार, चट्टार, ढकेरी, लगायतका थारु बस्तीहरुमा बस्ती सुधार तथा होमस्टे कार्यक्रमलाई प्राथमिकता दिनेछु, भने कोहलपुर चक्रपथ क्षेत्र निर्माण गरी चप्परगौडी, बन्दा, पिपरी, हवल्दारपुर, गौवा, बेढनपुर, मदनचोक, कौशिलानगर क्षेत्रमा व्यवस्थित योजना सहित आधुनिक बस्ती निर्माण गरिनुका साथै बस्ती निर्माण गर्दा खेतियोग्य नभएका जमिनहरुलाई प्राथमिकता दिईनेछ ।

निर्वाचनको मुखमा उम्मेदवारले विकासका नारा लगाउँछन्, जितिसकेपछि विकासलाई विर्सन्छन् भन्ने जनताको आरोप छ नि ?
हो, यस्ता काम अन्य पार्टीबाट भएका छन् । अरुले धेरै पटक जितेर पनि कोहलपुर र यो क्षेत्रको विकास गर्न सकेनन् तर एक पटक हामीलाई यहाँको विकास गर्ने अवसर दिनुहोस् । जनताका आवश्यकतालाई ध्यानमा राखि विकासका लागि विभिन्न योजनाहरु ल्याउने संकल्प लिएका छौं । हामी भाषण होइन काम गर्न जानेका छौं । एक पटक मात्र यहाँको विकासको जिम्मा हामीलाई दिनुहोस्, त्यसपछि यहाँका जनताले समान्य भन्दा समान्य विकासका लागि रुनुपर्ने छैन् ।

राजनीतिक दलले कोहलपुरको बसपार्कलाई आधुनिक बसपार्क बनाउने प्रतिवद्वता जनाए, तर त्यो बसपार्क बनेन् के अब बसपार्क बन्छ ?
नेपाली काँग्रेस १८ वर्ष देखि यो क्षेत्रबाट निर्वाचित हुन सकेको छैन् । जनताको आवाज संदनमा लिने माध्यम संसद नैहो । हामीले पनि धेरै पटक भन्यौं, कोहलपुरको बसपार्कलाई आधुनिक बनाउ भनेर तर यहाँबाट निर्वाचित सांसदहरुले कुनै पनि चासो दिनुभएन् । अब हामी निर्वाचित भयांै भने योजनामा मेरो प्रमुख प्राथमिकताको विषय भित्र कोहलपुर बसपार्क पर्नेछ । अब कोहलपुर बसपार्कलाई राष्ट्र बैंकको पूर्वको जग्गामा अत्याधुनिक सुविधा सम्पन्न हुने गरी आधुनिक बसपार्कको निर्माण गर्ने छौं यसका लागि यहाँका जनताहरुले हामीलाई निर्वाचित गराउन हुन अनुरोध छ ।

यसक्षेत्र धार्मिक रुपमा पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । कोहलपुरलाई धार्मिक सद्भाव कायम गर्न के गर्नुहुन्छ ?
यस क्षेत्रको धार्मिक सद्भाव कायम गराउनका लागि मठ मन्दीर, चर्च, गुम्बा, मस्जितको व्यवस्थापन गर्राइनुका साथै यस क्षेत्रमा विभिन्न धार्मिक संग्राहलयहरुको स्थापनाका लागि पहल गर्छु । धार्मिक सहिष्णुता कायम राख्दै भाईचारको सम्बन्ध स्थापना गर्नका लागि विभिन्न धर्म तथा साँस्कृतिक संरक्षणको लागि लक्षित कार्यक्रम सञ्चालन गर्नेछु । कोहलपुरलाई धार्मिक सद्भाव मैत्री शहरका रुपमा विकास गर्नेछु । यसका लागि यहाँ विभिन्न धार्मिकमा आस्था राख्ने मान्छेलाई सद्भावको राजनीति गर्न अनुरोध गर्दछु ।

वाम गठबन्धनका कारण काँग्रेसलाई चुनाव जित्न अप्ठ्यारो परेको हो ?
वामपन्थी गठवन्धनका आधारमा उहाँहरुलाई गर्भ बढेको छ । तर, नेपाली जनता लोकतन्त्रवादी छन् । हामी सधैं जनताका दुःख सुःखमा लागि परेको मान्छे भएकाले बाम गठबन्नले कुनै पनि असर गर्ने हामीलाई विश्वसा छ । काँग्रेस जनताको निर्णयलाई मान्ने भएले यस्ता राजनीतिक मिलोमतोले कुनै असर नगर्ने हामीले विश्वास लिएका छौं । यो गठबन्धनले नेपाली काँग्रेसलाई कुनै पनि असर गर्दैन ।

तपाईका चुनावी एजेण्डा के–के छन् ?
मैले यहाँका बेरोजगार युवा युवतीलाई रोजगारी सिर्जना गर्नुछ । गाउँघर र बस्तीहरु युवा बिहीन भएका छन् । गाउँमा बुढा बुढी काम गर्न नसक्ने बा आमाहरु मात्रै हुनुहुन्छ । जनताका सानातिना कामहरु खानेपानी, स्वास्थ्य, विद्युत, टेलिफोनका कामहरु म निर्वाचित भएपछि तुरुन्तै अघि बढाउँछु । बेडनपुर, रझेना गाउँहुँदै कोहलपुर जोड्ने सडकलाई स्तरउन्नतिका साथै पक्की पुल सहित सडक कालोपत्रे गर्नुका सािथै कोहलपुर, रझेना गौवा चौधरीया सडकलाई स्तरउन्नति गरी कोहलपुर खजुरा जोड्ने दुत्र मार्गका रुपमा सडक निर्माण कार्य अगाडी बढाउँछु । साथै यस प्रदेश क्षेत्रका १७ वटै वडामा रहेका गाउँ तथा टोलका भित्री सडकलाई स्तरउन्नती गरी नाली सहितको सडक निर्माण गर्नुका साथै रामजानकी स्कुल, चट्टार, मन्नापुर, झरकट्टी, नयाँ बस्ती, बैजनाथपुर हुँदै हवल्दापुर बजार जोड्ने सडकलाई स्तरउन्नतीका साथै कालोपत्रे गर्नेछौं । किसानको खेतमा सिँचाई, खानेपानी, पशुपालन, माछापालन जस्ता कामहरु गरेर हजारौं युवायुवतीहरुका लागि रोजगारी सिर्जना गर्ने सम्भावना छ । बाँके क्षेत्र न १ मा एउटा औद्योगिक क्षेत्र स्थापना गर्दछु । व्यवसायिक कृषि उत्पादनमा विषेश फोकस रहनेछ । राष्ट्रिय गौरवको सिक्टा सिचाई आयोजनालाई यथासक्य छिटो सम्पन्न हुने गरी सहायक नहरहरुको समेत निर्माण गरी यस क्षेत्रका उत्पादनशिल भूमिमा सिचाई सुविधा उपलब्ध गराउन पहल गर्नका साथै यस क्षेत्रको सिक्टा सिचाई आयोजनाको पहुँच नपुग्ने आवश्यक अनुसार सम्भाव्य ठाउँहरुमा डिप बोरिङ्ग व्यवस्था गरी यस क्षेत्रमा रहेको सम्पूर्ण उत्पादनशिल भूमि सिचाई सुविधाको व्यवस्था गर्ने मेरो प्रमुख लक्ष्य रहेको छ ।

चुनाव निकै खर्चिलो बनेको छ भनिन्छ, तपाईंको अनुभव के छ ?
मैले सपथ खाएको छु, आचारसंहिताविरुद्ध एउटा पनि काम गर्दिनँ । आचारसंहिताले तोकेकोभन्दा एक रुपैयाँ बढी खर्च गर्ने छैन । अत्यन्त कम खर्चमा निर्वाचन अभियानलाई अगाडी बढाएको छुु । भोजभतेर गरेको छैन । घरदैलोमा हाम्रा साथीहरु खाई नखाई हिँडिरहेका छन् । सामान्य निर्वाचन प्रणाली अपनाएको छु, तडक-भडक गरेको छैन । सामान्य सदाचारयुक्त जीवन अपनाएको म निर्वाचन पनि सामान्य ढंगबाट लड्दैछु ।

Womui
Womui