डा. विनोद कर्ण : जो दिनभर प्रचार र रातभर उपचारमा खटिन्छन्

297

विष्णु पोखरेल


नेपालगन्ज-डाक्टर विनोद कर्ण, पेसाले प्लास्टिक सर्जन, रुची चाही सहर सफा पार्ने र हरिलो भरिलो गराउने, उनको संयोजनमा ‘क्लिन नेपालगन्ज ग्रिन नेपालगन्ज अभियान विगत २ बर्ष देखि सकृय छ । निजी क्षेत्रको ठुलो माया र लगानी छ, यो अभियानमा, बाटो बढार्ने, बृक्षारोपण गर्ने कार्यमा पैरवी गरेको छ , यो अभियानले, धेरै सहयोगी हात छन यसमा र म पनि सदस्य छु । मैले उनलाई चिनेको यिनै सामाजिक कारण हुन् । चारदिन अघि आफन्तको उपचारको काम विशेषले मेडिकल कलेजको अस्पताल नेपालगंजमा थिएँ, राती करिव साढे ११ बजे ईमेरजेन्सीको अगाडीको कफी पसलमा जम्का भेट भयो, उनलाई सोधें, या सधैं झै मजाकिलो पारामा भने, डाक्टर साब भोट माग्न राती ? कहाँ दाई ईमेरज्न्सी फोन आयो एक घन्टा अघि, डोटी जिरेल भन्ने ठाउँको महिला भिरबाट लडेर सख्त घाईते बिरामी रैछ, तुरुन्त आउनुस् डाक्टर भन्ने खबर आयो अनि आएर हेरें, अपरेसन गरें , यि अपरेसन गरेर झर्दै छु, हेर्नुस् अपरेशन पहिलेको र अपरेशन पछिको फोटो भन्दै मोबाईलमा फोटो देखाए । हुन् त मैले अपांगता भएका व्यक्तिको क्षेत्रमा काम गर्दा उनको ठुलै सहयोग पाएको हुँ ।

 

विना भत्ता नै खाजाको भरमा बाँके, बर्दिया, दैलख, कपिलवस्तु जिल्लाका सेवाग्राहीलाई छनोट गर्नका लागी मद्धत लिएको हुँ, तर यसरी मध्य रातमा तैपनि राजिनामा दिएको डाक्टरले गरेको काम मलाई निकै गम्भिर लाग्यो । मैले फोटो मागे, फेसबुकमा हाल्न मिल्छ भनेर सोधें, मिल्दैन र ? उनले उल्टै सोधे, आफै खिचेको भए त मिलिहाल्ला नि मैले भने, फोटो लिएँ र मैले आफै फेसबुकमा स्टाटस लेखेर पोष्ट गरे । भर्खरकी ३१ बर्षकी पहाडकी भिर पखेरामा घाँस, दाउरा गर्ने महिला बहिनी ठीक हुँदैछिन्, अवस्था सुधार हुँदैछ, निकै राम्रो हो, शिघ्र स्वास्थ्य लाभको कामना छ उनलाई, सबै डाक्टरले सबै सेवाग्राहीलाई यसैगरी सेवा गरिदिए हुन्थ्यो ।

कतिले त गरेकै छन्, तर कतिपयको कुरा चाही अलि फरक पक्कै छ । यो घटनाले मलाई केही कौतुहलता थप्यो, जान्न चाहे, या डाक्टर विनोदलाई तौलन खोजें, मैले ईमेरजेन्सी विभागमा काम गर्ने अरु साथीहरु वा मेरा सहकर्मीलाई सोधे, डाक्टर विनोद राति पनि आउनु हुन्छ अचेल ? हो दाई उहाँ त सधैं नै यस्तै हो, परिआए राति, मध्यरात, बिहान तुरुन्तै आउनु हुन्छ, भन्ने जवाफ पाएँ । सोचें यस्तो राम्रो ब्याक ग्राउण्ड, मनग्गे आम्दानी र ख्याति भएको डाक्टर के हेरेर जागिर छोडी राजनीतिमा होमिए होलान ? अनि गम्दै गएँ, काम पेसा, रोजगारी, सेवा भन्दा ठुलो अनि देसकै लागि केही ठुलो आकारमा काम गर्ने सोच बनाउने व्यक्तिको लागि राजनीति नै उपयुक्त क्षेत्र हो । त्यसैले त डा. बाबुराम भट्टराई, डा. गोविन्दराज पोखरेल, डिआईजी नवराज सिलवाल, आदी धेरै राम्रा मान्छेले राजनीति गरेका छन् । राजनीतिक कोपभाजनमा नपरे यस्ता व्यक्तिको हातमा राज्यसत्ता जानु उचित नै हुनेछ, भन्ने लाग्यो अनि म पनि उनलाई सहयोग गर्न तयार भएँ ।

Womui
Womui