नेपालगन्जबासीको समस्याप्रति उम्मेदवार कँडेल गम्भिर

131

नेपालगन्ज-नेपालगन्जबासीले भोग्दै आएका हरेक समस्याप्रति प्रतिनिधी सभा-२ का उम्मेदवार गम्भिर देखिएका छन् । एकिकृत राप्रपा(राष्ट्रवादी) का केन्द्रिय सह-प्रवक्ता समेत रहेका उम्मेदवार कँडेलले आफु घरदैलोमा पुग्दा हरेक मतदाताका समस्याप्रति गम्भिर बनेको बताए । घरदैलोका क्रममा शुक्रबार अधिकांस वडाका बासिन्दाले सडक, बिद्युतका पोल, खानेपानी, डुबान जस्ता समस्या राखेपछि युवा कँडेल गम्भिर भएका हुन् ।

उनले मतदाताका समस्याले आफुलाई गम्भिर बनाएको भन्दै प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएपछि यि समस्यालाई पालैपालो समाधान गर्ने प्रतिवद्धता जनाए । ‘मैले अहिले सम्म झुट्टो बोलेको छैन, म जे बोल्छु, त्यही गर्छु,’ उनले भने । उनले शुक्रबार नेपालगन्जको गणेशपुर, कारकाँदो लगायत विभिन्न वडामा घरदैलो गर्दा स्थानीय बासिन्दाले विशेषगरी डुबानको समस्या सुनाएका थिए । घरदैलोका क्रममा उम्मेदवार कँडेलले भने, ‘मलाई तपाईहरुले चुनावमा भोट दिएर जिताउनुस्, म तपाईको समस्या समाधानका लागी मैले चुनाव जितेपछि तुरुन्त पहल थाल्छु ।’

पहेलो बस्त्र र रुद्राक्षको माला पहिरिएर मतदाताको घरदैलोमा पुग्दा अधिकांसले उनको व्यक्तित्वको बारेमा चर्चा गर्दै चुनावमा मुल्यांकन गर्ने प्रतिवद्धता जनाएका थिए । शुक्रबारको घरदैलोमा पनि कँडेल सहित प्रदेश सभा-२ ‘क’ का उम्मेदवार दीपक चौधरी, प्रदेश सभा-२ ‘ख’ का हरदेवबक्स चौधरी, समानुपातिक उम्मेदवार कृष्ण खरेल, प्रदेश सभा समानुपातिक उम्मेदवार बिनोदजंग शाह लगायत नेता, कार्यकर्ता सहभागि भएका थिए । चुनाव प्रचार गर्न तीनदिन मात्र समय पाएका कँडेल आफ्नो पक्षमा जनलहर ल्याउन निकै सक्रिय छन् ।

यसैबीच नेपालगन्जको धम्बोझीमा शुक्रबार आयोजित एभिन्युज टेलिभिजनको कार्यक्रममा बोल्दै कँडेलले ठूला दलहरुले गणतन्त्रका नाममा लुटतन्त्र निम्त्याएको बताए । उनले २०६२/६३ को जनआन्दोलनको उद्देश्य राजा फाल्ने नभएपनि ठूला दलहरुले विदेशी दवावमा राजसंस्थालाई निमिट्यान पार्ने काम गरेको बताए । ८० प्रतिशत सनातन हिन्दु धर्म मान्ने देश नेपालमा ठूला दलहरुले पैसाको प्रलोभनमा मुलुकलाई धर्म निरपेक्षता घोषण गरिएको भन्दै आक्रोश पोखे । उनले भने, ‘यहाँ ८० प्रतिशत सनातन हिन्दु धर्म मान्ने मानिसहरुको बसोबास छ, यसलाई सिध्याउने अधिकार कसैलाई छैन, हिन्दु राष्ट्र, राजसंस्था जोगाउनका लागि मेरो उम्मेदवारी हो ।’ पछिल्लो १० बर्षको अवधिमा ठुला भनिएका दलहरुले देशलाई छिन्नभिन्न पारेको बताए । विकास र समृद्धिको नारा देखाएर मुलुकलाई दोहन गर्ने काम गरेको कँडेलको तर्क छ ।

Womui
Womui