मेयर र उपमेयरले एउटै मञ्चबाट भने : ‘विकास चाहनुहुन्छ भने, हाम्रा उम्मेदवारलाई जिताउनुस्’

113

नेपालगन्ज-नेपालगन्ज उपमहानगरपालिकाका मेयर र उपमेयरले एउटै मञ्चबाट लोकतान्त्रिक गठबन्धनलाई जिताउन अपिल गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा बुधबार लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगरले नेपालगन्जको समग्र विकासका लागी गठबन्धनमा रहेका नेपाली काँग्रेस र राप्रपाका उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् ।

राप्रपाका महामन्त्री समेत रहेका डा. राणाले लोकतान्त्रिक गठबन्धन कसैप्रति लक्षित गरेर नबनाइएको स्पष्ट पार्दै भने, ‘यो गठबन्धन कसैप्रति लक्षित छैन, कोही पनि भ्रममा नपरे हुन्छ, यो त नेपालगन्जको विकासका लागी बनेको गठबन्धन हो ।’ लोकतान्त्रिक गठबन्धनले कुशल, योग्य र क्षमता बोकेका व्यक्तिलाई चुनावी मैदानमा उतारेको जिकिर गर्दै उनले जितेर पनि काम गर्न सक्ने खालको उम्मेदवारलाई मतदान गर्न बाँके, क्षेत्र नम्बर २ का मतदातालाई आग्रह गरे । ‘यो चुनावमा थरी–थरीका उम्मेदवार तपाईको घरदैलोमा आएका होलान्, तर तपाईहरु एक पटक गम्भिर रुपले सोचेर मात्रै राम्रो उम्मेदवार छान्नुस्,’ राणाले भने ‘किनकी तपाईले दिएको मतको भोली त्यसै खेरा नजाओस् ।’  लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा–२ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ का निरन्जनसिंह सिजापति र प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल(पुस्कर) ईमान्दार र योग्य रहेको बताउँदै तीनै जनालाई दिएको भोट खेरा नजाने ठोकुवा गरे । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारले जितेपछि नेपालगन्ज उपमहानगरपालिकाले मिलेर विकास गर्ने मेयर राणाको ईच्छा छ ।

सो क्रममा बोल्दै उपेमेयर उमा थापामगरले लोकतान्त्रिक गठबन्धनलाई जिताएमा अवको पाँच वर्षभित्रमा नेपालगन्जको विकासको स्तर धेरै माथी उठ्ने बताईन् । ‘लोकतान्त्रिक गठबन्धनले जितेपछि विकासले गति लिनेछ,’ उनले भनिन् ‘नेपालगन्जको विकासका लागी उपमहानगरपालिकाले आफ्नो नीति लिईसकेको अवस्थामा थप विकासका योजना ल्याउन हाम्रो अनुकुलका व्यक्तिको प्रतिनिधी सभा र प्रदेश सभामा प्रतिनिधित्व हुनुपर्छ ।’ प्रतिनिधी सभा र प्रदेश सभा सदस्यसँग उपमहानगरपालिकाको मेयर र उपमेयरको समन्वय हुन आवश्यक रहेकोमा जोड दिदै विकासै लागी लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई क्षेत्र नम्बर २ का बासिन्दाले जिताउन आवश्यक रहेकोमा जोड दिईन् ।

सो अवसरमा बोल्दै प्रतिनिधी सभाका उम्मेदवार ओमप्रकाश आजाद र प्रदेश सभा-२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमालले आफुहरु निर्वाचत भएपछि नेपालगन्ज उपमहानगरपालिकासँग समन्वय गरेर समग्र बाँकेको विकासमा पहल गर्ने प्रतिवद्धता जनाए ।

अहिले सम्म घरदैलोमा पुग्दा मतदाताको माया र स्नेह पाईरहेको उनीहरुले बताए । सम्पर्क कार्यालय उद्घाटनका क्रममा नेपाली काँग्रेसका जिल्ला उपसभापति सुनिलनरसिंह राणा, नेपाली काँग्रेसका नेता राजकुमार बर्मा, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, राप्रपाका जिल्ला अध्यक्ष नरेन्द्र पौडेल, पुर्वसांसद सर्वतआरा खानम लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । त्यसक्रममा मतदाता भेटघाट तथा घरदैलो पनि गरिएको थियो ।

Womui
Womui