नयाँ शक्तिका उम्मेदवारमाथी डुडुवाबासीको भरोसा

62

नेपालगन्ज-बाँकेको डुडुवा गाउँपालिका क्षेत्रका बासिन्दाले आफुहरु पटक–पटक भोट बैंकको रुपमा प्रयोग भईरहेको गुनासो गरेका छन् । नयाँ शक्तिका उम्मेदवारसँग बुधबार डुडुवा गाउँपालिकास्थित होलिया, सन्तलिया गाउँका स्थानीय बासिन्दाले चुनावको बेला अरु पार्टीले भोट माग्ने, तर जितेर गईसकेपछि आफ्नो क्षेत्रको विकासका लागी कुनै चासो नदिएको उनीहरुले दुखेसो पोखेका हुन् ।

राप्ती नदी र डुडुवा खोलाको कटान र डुबानबाट आजित बनेका यहाँका बासिन्दाले यो समस्याबाट मुक्ति चाहेको बताए । ‘यसअघि धेरै पटक भोट हालेर नेतालाई पठाईसक्यौं, तर हाम्रो यहाँको समस्या समाधानका लागी कसैले चासो दिएनन्,’ एक बृद्धले नयाँ शक्तिका उम्मेदवारसँग दुखेसो पोख्दै भने । यसपटक आफुहरुले नयाँ अनुहारलाई जिताउन चाहेको डुडुवाबासीले बताएका छन् ।

घरदैलोमा नयाँ शक्तिका प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार वेदप्रसाद आचार्य, प्रदेश सभा उम्मेदवार फकरुल्ला पठान, समानुपातिक उम्मेदवारद्धय राजन रानामगर र रानी राई तथा नयाँ शक्ति पार्टीका नेता, कार्यकर्ताको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । नयाँ शक्ति पार्टीलाई यसपटक भोट दिएर विकास गर्ने मौका दिन आफुहरुले आग्रह गरेको नयाँ शक्ति पार्टीका प्रदेश नम्बर ५ का समानुपातिक उम्मेदवार राजन रानामगरले छिनछिन खबरलाई बताए ।

Womui
Womui