घरदैलोमा यसरी व्यस्त छन, पुर्वमन्त्री राई –(फोटो फिचर)

35

नेपालगन्ज-आगामी मंसिर २१ गते हुन लागेको निर्वाचनमा जित दोहोर्याउने कसरतमा रहेका पुर्वमन्त्री मोहम्मद ईस्तियाक राईले प्रत्येक मतदाताको घरदैलोमा पुगेर नेपालगन्जको विकासका लागी मत मागिरहेका छन् । ‘नेपालगन्जको विकासका लागी मलाई यसपटक तपाईहरुको सहयोग आवश्यक छ, म नेपालगन्जको मुहार फेर्न चाहन्छु,’ संघिय समाजवादी फोरमबाट प्रतिनिधी सभा–२ का उम्मेदवार राई अधिकांस मतदाता समक्ष यही कुरा व्यक्त गर्छन् ।

अन्य उम्मेदवार भन्दा फरक पहिचान सहित घरदैलोमा निस्कने गरेका राईप्रति मतदाताको छुट्टै सहानुभुती देखिन्छ । राष्ट्रिय झण्डा सहित सबै समुदायको घरदैलोमा एकसाथ निस्कने गरेका राईको घरदैलो अभियानबाटै प्रष्ट भएको छ, उनी समाजमा रहेका मधेसी, पहाडी, मुस्लिम समुदायबीच एकता चाहन्छन् । नेपालगन्जको गणेशपुर, सल्यानीबाग, न्यूरोड बसपार्क लगायत क्षेत्रमा बुधबार घरदैलो गर्ने क्रममा राईले अपनाएको चुनावी शैली प्रति धेरैको मन छोएको देखिन्थ्यो । ‘नेपालीको सान मसालमा मतदान’ भन्ने स्लोगन सहित चुनावी मैदानमा होमिएका पुर्वमन्त्री राईले नेपालगन्जका मतदातालाई आर्कषित गरिरहेका छन् ।

Womui
Womui