बर्दियामा प्रहरीमाथी वाम गठबन्धनको हस्तक्षेप

37

बर्दिया-निर्वाचन आचार संहिता विपरित टाँगिएका झण्डा, ब्यानर हटाउन खोज्दा बर्दियामा वाम गठबन्धनले प्रहरीमाथी हस्तक्षेप गरेको छ । बर्दियाको बाँसगढी क्षेत्रमा मंगलबार बेलुका वामगठबन्धनको झण्डा, ब्यानर हटाउँदै गर्दा प्रहरीमाथी हस्तक्षेप भएको हो । बाँसगढी नगरपालिकाको वडा नम्बर–८ जुरैनामा वाम गठबन्धनको झण्डा हटाउन खोज्दा अस्थाई प्रहरी चौकी ककौराका प्रहरी जवान हेमन्त केसी, म्यादी प्रहरी लोकबहादुर खड्का, प्रकास बयरकोटी लगायत ७ जनालाई वाम गठबन्धन निकट युवाहरुले हस्तक्षेप गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीले आचार संहिता विपरित टाँगिएका झण्डा तथा ब्यानर हटाउन खोज्दा एमाले नेता बामदेव गौतमको पावर देखाउँदै ती युवाहरुले उल्टै आरोप लगाएको स्थानीय बासिन्दाले बताएका छन् । निर्वाचन अधिकृतको कार्यालयलाई अटेरी गर्दै बर्दियामा वाम गठबन्धनले आचार संहिताको व्यापक उल्लंघन गरिरहेको प्रतिस्पर्धामा रहेका अन्य दलका उम्मेदवारको गुनासो छ ।

Womui
Womui