‘तीनवटा पार्टीको साझा गणतान्त्रिक उम्मेदवार म हुँ’

82

बिद्यार्थी राजनीतिबाट राष्ट्रिय जनमोर्चाको मुल राजनीतिमा आएका युवा नेता कृष्णराज पाण्डे यतिबेला प्रतिनिधी सभा निर्वाचनको प्रचारमा व्यस्त छन् । करिव १२ वर्ष अखिल छैठौंको केन्द्रिय उपाध्यक्ष भएर काम गरेका पाण्डे राष्ट्रिय जनमोर्चा बाँकेको सचिव भएर पनि काम गरे । विगत केही वर्षयता प्रायः सबै खालका चुनावमा भाग लिने गरेका नेता पाण्डेको यसपटक पनि निकै ठुलो कसरत रहेको देखिन्छ । राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष समेत रहेका प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार पाण्डेसँग चुनावको तयारी लगायत विषयमा पत्रकार विजय मल्लले गरेको संवादः-

निर्वाचनको तयारी कस्तो छ ?
मैले प्रत्येक मतदाताको घरदैलोमा पुगेर उहाँहरुसँग भोट मागिरहेको छु । मैले उहाँहरुसँग भोट यो मानेमा मागिरहेको छु, की मसँग प्रतिस्प्रर्धा गर्ने साथीहरु भन्दा म अब्बल उम्मेदवार हुँ । किनभने १७ जना साथीहरु चुनावी मैदानमा छौं । उहाँहरु सबै राजाबादी पृष्ठभूमिका हुनुहुन्छ, भने गणतान्त्रिक ब्यवस्थाको म गणतन्त्र पक्षधर नेता हुँ । मैले के भन्ने गरेको छ, भने गणतन्त्रमा राजतन्त्रको श्रीपेच लगाउन पाइँदैन । त्यसकारणले गणतन्त्रबादीलाई मतदान गर्नुस् र यो गणतन्त्रको कार्यान्वयन साँचो अर्थमा हुन्छ । अर्को कुरा संविधान जारी भएको छ । संविधानलाई कार्यान्वयन गराउनका लागि पनि बाँकेमा मुख्य गरि मस“ग प्रतिस्प्रधा गरिरहेका १७ जनामध्ये संविधानको पक्षको उम्मेदवार म मात्र हुँ । किनभने अरु संविधान जलाउने, च्यात्ने, संविधानलाई कार्यान्वयन नगर्ने मान्छेहरु छन् । जनताले गणतन्त्रमा साँच्चै संविधानको कार्यान्वन खोजेका हुन्, भने मलाई मतदान गरि विजयी गराएपछि गणतन्त्रप्रति न्याय हुनेछ । हाम्रा सहिदप्रति न्याय हुनेछ, भन्ने तरिकाले म चुनावी प्रचारमा लागिरहेको छु ।

तपाई मतदाताको घरमा पुग्दा कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
मतदाताहरु म प्रति अत्यन्त उत्साहित हुनुहुन्छ । म का“ग्रेस, एमाले, माओबादी सबैको साझा उम्मेदवार हुँ । किनभने काग्रेस हिजो गणतन्त्रका लागी लडेको हो, एमाले गणतन्त्रका लागी लडेको हो र माओबादी गणतन्त्रका लागी लडेको हो, अनि जनमोर्चा पनि गणतन्त्रका लागि लडेको हो । यी तीन वटै पार्टीको मेजर उम्मेदवारी कोही छैन । एमालेबाट सूर्य चिन्ह लिएका उम्मेदवार उहाँ गणतन्त्रबादी होईन, उहाँ संविधानको पक्षधर पनि होईन । तीनवटा पार्टीको साझा गणतान्त्रिक उम्मेदवार म हुँ । अर्को कुरा जनताले मलाई मुल्यांकन गरिरहेका छन् । मैले जनतालाई बिखण्डन गरेको छैन, जनतालाई दुःख दिने गरि विभिन्न नाकामा बसेर नाकाबन्दी गरेको छैन, ढुंगा हानेको छैन । समाजमा गलत तरिकाको कुनैपनि गतिबिधी गरेको छैन । मैले जे गरे केवल देश र जनताको पक्षमा गरे । जनतलाई सुसुचित गरे । राजनीतिक परिर्वतन र जनतको सुविधाको लागि काम गरेकोले जनताले मलाई असाध्य रुचाएका छन् । तपाई बाहेक अरुलाई भोट दिदैनौं, अरुलाई भोट दिने चान्स नै छैन खुलेर भनिरहनु भएको छ ।

तपाईले उम्मेदवारी किन दिनु भएको हो ?
मैले उम्मेदवारी जनताले नेपालगन्जको नेतृत्वका लागी जो जति उम्मेदवार चर्चामा थिए ति यो ब्यवस्थाको सुहाउँदा उम्मेदवार होइनन् । कैयौं मतादाताले हामीलाई भोट हाल्ने उम्मेदवार भएनन्, तपाईले उम्मेदवारी दिनुपर्छ भन्नुभयो र पार्टीले मलाई टिकट दियो त्यसपछि मैले उम्मेदवारी दिएको हुँ । नेपालगन्ज बदल्नका लागी, गणतन्त्र संस्थागत गर्न र संविधान कार्यान्वयन गराउनका लागी पनि मैले उम्मेदवारी दिएको हु“ ।

स्थानीय तहको चुनावमा मेयरमा लड्नुभयो, अहिले फेरी प्रतिनिधी सभामा उठ्नु भएको छ, यस्तो किन ?
मेयर चुनावमा सबै उम्मेदवारहरु एक्ला–एक्लै पार्टीगत चुनाबी मैदानमा उत्रिएका थिए । दलिय हिसाबले हामी कमजोर भयौं त्यो नतिजा स्वीकार ग¥यौं । अहिले हिजो स्थानीय निकायमा जो–जसका जुन–जुन पार्टीले प्राप्त गरेका भोट हो आज उहाँहरुको आफ्नो वास्तविक उम्मेदवार छैन । नेपाली का“ग्रेसको, नेकपा एमालेको, माओबादीको आफ्नो उम्मेदवार छैन । राजनीतिक पृष्ठभूमी भएका उम्मेदवार छैनन् । केवल ब्यापारी पृष्ठभुमी र समाजलाई बिखण्डतातर्फ लैजाने पृष्ठभूमिका छन् । त्यसकारणले गर्दा अहिले निर्वाचनमा साँच्चै गणतन्त्रको संस्थागत विकास र संबिधानको कार्यान्वन गर्ने हो, भने मलाई चाहेर पनि नचाहेर पनि जनताले मतदान गर्नुपर्नेछ । नेपाली काँग्रेसका वास्तविक आफ्नो उम्मेदवार नभएका कारण काँग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाप्रतिको सम्मानका लागि भएपनि नेपाली काँग्रेसले गिलासमा मतदान गर्नुपर्छ । एमालेले अहिले उठाएको उम्मेदवारले संविधान जलाउदै हिड्नुभएको हो, उहाँ गणतन्त्रबादी पनि होइन । जनआन्दोलनमा गणतन्त्रका लागि म लडिरहदाँ एमालेले उठाएको उम्मेदवार राजाको जिल्ला विकास समिति बाँकेको सभापति हुनुहुन्थ्यो । त्यसकारण यो ब्यवस्थाको पक्षपाती म(कृष्णराज पाण्डे) भएकै कारण मलाई जिताउनुपर्छ, भन्ने अपिल गरिरहेको छु । त्यही अनुसार जनताले मलाई बचन दिनुभएको छ ।

निर्वाचनका लागी तपाईको के–के प्रतिवद्धता छन् ?
मैले जनतालाई एउटा कुरा के भनिरहेको छु ‘चुनावमा करोडौं पैसा खर्चिरहेका उम्मेदवारको उम्मेदवारी कमाउन र लुट्नका लागी हो । जनताको घाँटी रेट्नका लागि चुनावमा अथाह पैसा खर्चिरहेका छन् । मैले पैसा खर्च गरिरहेको छैन । साथीभाई कहाँ गएर हात जोडिहेको छु । सामान्य पर्चा पम्पलेट वितरण गरिरहेको छु । अर्को कुरा मैले यो निर्वाचन क्षेत्रमा हुँदा होलिया, बेतहनीको पुरानो समस्या डुबान, कटान र पटानको समस्यालाई समाधान गर्छु, मैले किसानलाई मल र बीऊ सहज रुपमा वितरण गराउँछु । अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण, नेपालगन्जमा सरकारी मेडिकल कलेज स्थापना गराउँछु । सरकारी विश्व विद्यालय स्थापना गराउँछु । प्रदेश नम्बर ५ र ६ नम्बरको पर्यटन प्रदेशद्वार बनाउँछु । नेपालगन्जलाई प्रदेश नम्बर पाँचको राजधानी बनाउन पहल गर्छु । क्षेत्र नम्बर २ का विभिन्न समस्याहरु, अब्यवस्थित बसोबास, सुकुम्बासी समस्या, शिक्षा, स्वास्थ्य लगायत आर्थिक तथा सामाजिक रुपान्तरणमा लाग्नेछु । म पैसा खर्च नगरी चुनाब जित्छु । म जनताको नोकर भएर काम गर्नेछु । आज पैसाले भोट किन्नेले जनताको विकास गर्दैन यो जनताले बुझिसकेकाछन् । मैले खुलेयाम जनतालाई भनिसकेको छु कि अरुको पैसा खानुस् भोट चाही मलाई दिनुस् ।

तपाईलाई मतदाताले किन जिताउने ?
दिनको सुरुवात बिहानीको घामले बताउँछ । म विगतमा झण्डै तीन वर्ष स्वतन्त्र बिद्यार्थी यूनियनको सचिव भएर काम गरेँ । अहिलेको यूवा पुस्ताका लागि स्ववियु भनेको मिनी भन्सार हो । त्यहाँबाटै भ्रष्टाचारको सुरुवात हुन्छ । तर कृष्णराज पाण्डे त्यही महेन्द्र बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी यूनियनको सचिव हुँ । मेरो विषयमा अहिले सम्म प्रश्न छैन । त्यसकारणले मुख्य रुपमा म कुन विचारले गाइडेड छु । मैले पैसाले जित्ने, जनतालाई झुक्याएर जित्ने प्रवृत्तीको नेता होईन । निर्वाचित उम्मेदवारले जनतालाई अपहेलना गरि उनीहरुमाथी शासन गर्ने होईन् । म जनताको नोकर हुँ, जनताको सेवा गर्छु । म शासक भएर भोट माग्न गईरहेको छैन, म जनताको नकोर, कारिन्दा भएर भोट माग्न जनताको घरघर पुगिरहेको छु । म जितेपनि जनताको कारिन्दा हो, हारेपनि जनताको कारिन्दा हो, त्यसकारणले जनतालाई दिएको बचन अनुसारको काम गर्ने नेता मै हुँ ।

यदी तपाई निर्वाचित हुनु भयो, भने नेपालगन्जमा के परिवर्तन ल्याउनु हुन्छ ?
नेपालगन्जको मिलिरहेको समाजलाई विखण्डन र विभाजन भइरहेको छ । यो समाजलाई हामी सवैले मिलाउनुछ । यो देशमा वसेर देशकै विरोध गर्नेहरुछन्, मैले देशको सार्वभौम सत्ताको रक्षा गर्छु । आज यहाँ मान्छेले रुपैया“ पैसाका आडमा जातीय, क्षेत्रीय हिसाबले आम नागरिकलाई भ्रमित पार्ने काम गरिरहेको छ । म जनतालाई झुटा कुरा गर्दिन, झुटा आश्वासन दिदैन, कुनैपनि जनताको भावनामा चोट पुग्ने काम गर्दिन । अर्को कुरा जनतालाई मेरो पनि शासन छ, मेरो पनि प्रतिनिधीत्व छ भन्ने अनुभूति दिलाउँछु । मलाई भोट हाल्ने प्रत्येक मतदातालाई शीर नझुकाउने काम मैले गर्छु । मैले गलत कुरा बोल्दिन, गर्दिन ।

तपाईको मुख्य प्रतिस्पर्धी दल/उम्मेदवार को हो ?
लोकतान्त्रिक र वाम गठबन्धन, साँचो गठबन्धन होईन । किनभने जो मान्छे लोकतन्त्र प्राप्तिका लागी लडेन, त्यो कसरी लोकतान्त्रिक उम्मेदवार हुन्छ । जो बामपन्थीको ‘ब’ बुझेको छैन, माक्सबादको ‘म’ बुझेको छैन त्यो कम्युनिष्टको गठबन्धन हुदैन । त्यसकारण लोकतन्त्रका लागि पसिना मैले बगाएको छु, लोकतान्त्रिक उम्मेदवार ‘म’ हुँ । कम्युनिष्ट म हुँ गणतन्त्र प्राप्तिका लागि लडेको म हुँ त्यसैले बामपन्थीका लागी पनि उम्मेदवार म हुँ । यो भ्रममा नपर्नुसकी जसको लोकतन्त्रमा लगानी नै छैन त्यो लोकतान्त्रिक हुन सक्दैन । जोसँग बामपन्थीको ‘ब’ को ज्ञान छैन, त्यो बामपन्थीको साझा उम्मेदवार होईन । लोकतान्त्रिक बामपन्थीको साझा उम्मेदवार म कृष्णराज पाण्डे हुँ । मेरा विचार र सिद्धान्तका दृष्टिकोणले मेरो प्रतिस्प्रर्धा कसैसँग छैन । म एक्लो उम्मेदवार हुँ । जनताले एउटा कुराको छिनोफानो गर्नुपर्छ राजतन्त्रलाई भोट दिने या गणतन्त्रलाई । क्षेत्र नम्बर २ को चुनाव भनेकोे एक प्रकारको जनमत संग्रह हो । यो निर्वाचनबाट गणतान्त्रिक व्यवस्थाको जित हुन्छ या देशमा राजतन्त्र चाहिन्छ भन्नको जित हुन्छ, यो जनताले २१ गते फैसला गर्छन् ।
अन्त्यमा, आम मतदातालाई के भन्न चाहनु हुन्छ ?
लोकतन्त्रका लागि आफ्नो ज्यान दिने सहिदद्वय सेतु बिक, हरिराज अधिकारीको रगत बगेको छ । लाखौं लाख जनताले राजतन्त्रलाई फालेको ईतिहास छ । त्यसकारण यो निर्वाचनमा गणतन्त्रबादीको म एक्लो उम्मेदवार हो । कि गणतन्त्रलाई भोट दिनुहोस् कि राजतन्त्रबादीलाई भोट दिनुहोस् । गणतन्त्र प्राप्ति, सहिदको बलिदानको सम्मानका लागी मलाई गिलास चुनाव चिन्हमा मतदान गरि विजयी गराउन पुनः अनुरोध गर्न चाहन्छु । जनतासँग मेरो यही अपिल छ ।

Womui
Womui