बाँके २ नम्बर : आजाद र हमाललाई मुस्लिम समुदायको हौसला

167

नेपालगन्ज-नेपालगन्जका मुस्लिम समुदायले प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउनुका विकल्प नभएको बताएका छन् । काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई कार्यान्वयन गराउनकै लागी भएपनि लोकतान्त्रिक गठबन्धनलाई जिताउन मुस्लिमहरु एकतावद्ध हुनुपर्ने उनीहरुको भनाई छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ (साविक ९) फुलबारी मस्जिद मार्गका मुस्लिम अगुवा जमिल अहमदले जब-जब देशलाई अप्ठ्यारो पर्छ, तब–तब नेपाली काँग्रेसले नेतृत्व गर्दै आएको स्मरण गर्दै लोकतन्त्रको रक्षा र देशको समृद्धिका लागी लोकतान्त्रिक गठबन्धनलाई जिताउन जरुरी रहेको बताए ।


प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाललाई जितको अग्रिम शुभकामना दिदै नेपालगन्ज उपमहानगरपालिका–३ निवासी मुस्लिम समुदाय ।

‘चुनावको बेला थरी-थरीका पार्टीका थरी-थरी उम्मेदवार भोट माग्न आउँछन, तर देशको रक्षा गर्ने पार्टी नेपाली काँग्रेस आवद्ध रहेको लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई भोट दिने सोच बनाएको छु,’ उनले भने । लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधी सभा उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल र प्रदेश सभा–२ ‘क’ का उम्मेदवार निरन्जनसिंह सिजापति योग्य र क्षमतावान व्यक्ती रहेको मुस्लिम समुदायका अगुवाले बताएका छन् । ‘हामीहरु सुरुदेखी नै नेपाली काँग्रेसलाई भोट दिदै आएका छौं, अहिले सम्म नेपाली काँग्रेसको जति परिवर्तन र विकास कसैले गरेको छैन,’ स्थानीय निजामुद्धिन अन्सारीले भने ।  सो क्रममा प्रदेश सभा उम्मेदवार हमालले सबैको सहयोगले चुनाव जित्ने विश्वास गरे । लोकतान्त्रिक गठबन्धनले सोमबार बिहान नेपालगन्ज वडा नम्बर ३ (साविक ९) रानी तलाउ नजिक सम्पर्क कार्यालय उद्घाटन पश्चात एकलैनी, साविक ८ र ९ लगायत क्षेत्रमा गरेको घरदैलोका क्रममा उत्साहित हुदै मुस्लिम समुदायका अगुवाले प्रदेश सभा-२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमालसँग अंकमाल गर्दै जितको अग्रिम शुभकामना दिएका थिए ।

सम्पर्क कार्यालय उद्घाटन तथा घरदैलोमा नेपाली काँग्रेसका उपसभापति सुनिलनरसिंह राणा, पुर्वसभासदद्धय मोहम्मदी सिद्धिकी र सर्वतआरा खानम, प्रदेश सभा-२ ख का उम्मेदवार हमाल, राप्रपाका केन्द्रिय सदस्य ऋषिराज देवकोटा, काँग्रेसका पुर्वसचिव रबिन्द्र हमाल, महाधिवेशन प्रतिनिधी सुदिपनरसिंह राणा, काँग्रेस नेता छोड्कौं, लगायत नेपाली काँग्रेस र राप्रपाका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो । लोकतान्त्रिक गठबन्धनबाट राप्रपाका प्रतिनिधी सभा–२ का उम्मेदवार आजाद र प्रदेश सभा–२ क का उम्मेदवार सिजापतिले सोमबार बिहान मनिकापुर, बसुदेवपुर लगायत क्षेत्रमा घरदैलो गरेका छन् । त्यसक्षेत्रका मतदाताले राप्रपा र नेपाली काँग्रेसका उम्मेदवारलाई प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा जिताउने प्रतिवद्धता जनाएका छन् ।

Womui
Womui