‘पैसा खर्च गरेको उम्मेदवारले कुनैपनि विकास गर्न सक्दैन’

216

कम्यूनिष्ट आन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बेदप्रसाद आचार्य पछिल्लो समयसम्म आईपुग्दा नयाँ बैंकल्पिक शक्तिको रुपमा उदाउँदै गरेको नयाँ शक्ति पार्टीमा सक्रिय छन् । विगतका विभिन्न आदोलनमा सक्रिय सहभागिता जनाएका उनी सरल र सहज नेताका रुपमा चिनिन्छन् । भेरी अञ्चल अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएर दुई वर्ष सम्म काम गरेका आचार्यले अस्पतालका थुप्रै कुरा सुधारका निम्ति काम पनि गरे । माओबादी केन्द्रबाट पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अलग भएपछि उनीसँगै नयाँ बैकल्पिक शक्ति निर्माणमा निस्केका आचार्य आसन्न प्रतिनिधी सभा निर्वाचनका लागी बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । यिनै उम्मेदवार आचार्यसँग गरिएको संवादः–

निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचनको तयारी तिव्र गतिमा अघि बढाएका छौं । जनताका माँझमा गएका छौं । फरक शैलीमा तडक÷भडक नगरी आफूले विगतमा गरेको कार्यलाई जनता समक्ष याद दिलाउँदै जनताको घरदैलो पुगिरहेका छौं । मलाई के लाग्छ भने सांसद भनेको के हो र यसले के काम गर्नुपर्छ भन्ने विषयमा जनतालाई जानकारी गराउँदै जानुपर्छ भन्ने मेरो ब्यक्तिगत विचार रहेको छ । जनतामाँझ पुग्दा उहाँहरुले मप्रति देखाएको चासो र मायाले झन् उर्जा मिलेको छ । मेहनती, राम्रो नेता चाहिएको बेला म उम्मेदवार भएकोमा शुभकामना पनि दिएका छन् । उहाँहरुको भनाई अनुसार बाँकेमा पार्टी भन्दा पनि ब्यक्तिलाई चुन्ने गरेकाले तपाई निश्चिन्त भएर अघि बढ्नुस् भन्ने जस्ता सुझाव पाइरहेको छु ।

मतदाताको अपेक्षा के छ ?
मतदाताहरुको अपेक्षा समग्र राजनीतिलाई पेशा वा ब्यवसाय बनाएको अवस्थामा राजनीतिलाई सेवा बनाउनुपर्ने धारणा राखेका छन् जनताले । जनयूद्धका बेला देखिको संघर्षदेखि जनआन्दोलनपछिको राजनीति सम्म मैले गरेका कामलाई जनताले मुल्यांकन गरि सम्झिरहेका छन् । नेता होस् त बेदप्रकाश आचार्य जस्तो होस् भन्दै भन्नुहुन्छ उहाँहरु । ईमान्दार, कर्तब्यनिष्ठ र जुझारु नेतालाई जिताएको खण्डमा समाजमा परिर्वतन हुन्छ, विकास हुन्छ र हामी जनताको राज्यमा सहज उपस्थिती हुन्छ भन्ने उहाँहरुको सोँच छ । यसकाकारण वेदप्रकाशलाई जिताउनै पर्छ भन्ने कुरा उहाँहरुबाट आइरहेको छ ।

तपाईको उम्मेदवारी खास के का लागी हो ?
जबसम्म मानव समाज रहन्छ, तबसम्म पृथ्वी रहन्छ र संर्घषका पाटाहरु सकिदैन । नेपालको सन्र्दभमा भारत र चिन स्वतन्त्र भइरहँदा जहानिया राणा शासनबाट पनि हामी मुक्त भएका थियौं । त्यसताका देखि हालसम्म भारत र चीनको विकासलाई हेर्ने हो भने हाम्रो स्थिती कहाँ छ, सबैले मुल्यांकन गरिहेका छन् । राजनीतिक आन्दोलन भन्दा पनि कसरी देश विकास गर्न सकिन्छ, देशालाई कसरी द्रुत गतीमा अगाडी बढाई आर्थिक विकास गर्ने भन्ने योजनासहित बाबुराम भट्टराई जीको पाँचवटा योजनासहित हामी जनताको घर–घरमा गइरहेका छौं । त्यही अनुरुप आफ्नो उम्मेदवारी दिएका छौं कि अब यो देशलाई विकास गर्ने दिशामा अघि बढ्छौं । हाम्रा एजेण्डा भनेकै मुलुक कसरी समृद्ध हुन्छ र कुन दिशाबाट हिड्दा समृद्धमा पुग्छौं, भन्ने एजेण्डा लागु गराउनका लागी मैले उम्मेदवारी दिएको हुँ ।

तपाईले राखेका मुख्य एजेण्डा के-के हुन् ?
यो क्षेत्रको समग्र विकासका लागि विभिन्न धारबाट कार्य गर्नेछु । मेरो उम्मेदवारी भनेको समग्र जनताको र देशको सेवा गर्नका लागि हो । म जनताको साथ छोड्ने छैन, सधै सेवक बन्नेछु । बाँके जिल्ला नयाँ मुलुक हो । यहाँका वास्तविक पुराना जनतासामु नागरिकताको समस्या छ । ती सबै जनतालाई नागरिकता प्रदान गरि व्यवस्थित गर्ने योजनामा छु । नेपालगन्जका विभिन्न स्थानमा रहेको एैलानी जग्गामा गैरसुकुम्बासी बसिरहेकाले गैरसुकुम्बासीलाई अन्यत्र ब्यवस्थापन गर्ने, भेरी अञ्चल अस्पताललाई सरकारी मेडिकल कलेज बनाउने । हरेक वर्ष राप्तीमा आउने बाढी र डुबानलाई नियन्त्रण गर्न सिक्टादेखि सीमासम्मको क्षेत्रमा दुबैतर्फ कम्तिमा २० मिटर ग्रीन बेल्ड निमार्ण गर्ने, डुवान क्षेत्रलाई व्यवस्थित गरि शहरको निर्माण गर्ने, डुवानक्षेत्र प्रभावित जनतालाई सुरक्षित बसोबासको प्रबन्ध मिलाउने । प्रत्येक क्षेत्रमा पिच सडक निर्माण, नेपालगन्ज पुरानो सहर भएकाले यहाँको मुख्य समस्या मध्ये एक फोहोरलाई ब्यवस्थापन गर्ने योजना रहेको छ ।

उम्मेदवारले चुनावका बेला जनतालाई आशा देखाउने त्यसपछि बिर्सने गर्छन् भन्ने आरोप छ नि ?
हो अधिकांस उम्मेदवारले विभिन्न आशा देखाउने र सत्तामा पुगिसकेपछि बिर्सने गर्छन् । यो समस्या छ । राजनीतिलाई जसले पेशा वा ब्यवसाय बनाई चुनावमा लाखौं खर्च गरेर तडक/भडक गर्नेले गर्दा यो समस्या आएको हो । एक सयमा ९४ जना राजनीतिक आर्थिकका रुपमा ईमान्दार छैनन् । उनीहरुले राजनीतीलाई पेशा वा ब्यवसाय बनाएका छन् । तर, म त्यो गर्दिन् । मैले सम्पादन गरेको कामलाई नै मुल्यांकन गर्ने हो, भने त्यस्तो पाउनुहुने छैन । बेदप्रकाश केवल काम गर्ने र जनताका माँझमा रहने नेता हो । मतदाताले विश्वास गर्नुहुन्छ । यो क्षेत्रमा गरेको काम, मेहनत र जनतालाई गरेको सेवा यी तीन कुराले नै म बेईमान छैन भन्ने कुरामा आम मतदाता बिश्वस्त छन् ।

चुनावका लागी अरु उम्मेदवारले पैसा खर्चिरहेका छन्, उनीहरुसँग प्रतिस्पर्धा गरेर चुनाव जित्न कत्तिको सहज छ ?
नेपालगन्ज क्षेत्र नम्बर २ का मतदाताहरु पैसामा बिक्नुहुदैन । तडक/भडकमा फस्नुहुदैन । यो कुरामा विश्वस्त रहनुस् । उहाँहरुले कामलाई हेर्नुहुन्छ । कुनै उम्मेदवारले लाखौं, करोडौं खर्चेर चुनाब लड्छ, भने त्यसले जनताको काम कुनैपनि हालतमा गर्दैन । पैसा खर्चेर चुनावमा उनीहरुले काम गर्दैनन् । उसले खर्च गरेको पैसा उठाउने हो । यो कुरामा विश्वस्त रहनुहोस् । पैसा खर्च गरेर अगाडी बढेको उम्मेदवारले कुनैपनि हालतमा आफ्नो क्षेत्रको विकास गर्न सक्दैन यसमा म डटेर अगाडी बढ्न सक्छु, जोसँग पनि म बहस गर्न सक्छु । आफ्नो स्वार्थ पुर्तिका लागि काम गर्छ । अब्यवस्थित र अप्ठ्यारो तरिकाले पैसा कमाएको छ, भने त्यो राजनीतिक लिडरले कमाएको छ । त्यसले जतिसुकै ठूला कुरा गरेपनि काम गर्न सक्दैन । त्यसले नितान्त आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्छ ।

तपाईको प्रतिस्प्रर्धी दल/उम्मेदवार को हो ?
जनताका माझ जाने भनेको राजनीतिक एजेण्डा लिएर हो । अहिले हाम्रो पार्टीको थुप्रै एजेण्डाहरु अन्य दल तथा उम्मेदवारले पनि चोरी (नक्कल) गरिरहेका छन् । म स्पष्ट भन्नसक्छु मेरो प्रतिष्प्रर्धी कुनैपनि दल छैन । सबैभन्दा सिनियर छु । एक नम्बरमा छु । मेरो स्पष्ट दृष्टिकोण नै हो कसरी देश विकास गर्न सकिन्छ । मैले बोकेको एजेण्डाहरु मतादाताले बुझ्नु भएको छ । मैले दिएको उम्मेदवारीमा प्रतिस्प्रर्धा गर्ने कोही पनि छैन । सबभन्दा अग्र पंक्तिमा छु ।

अन्त्यमा, आम मतदातालाई के भन्न चाहनुहुन्छ ?
म तपाईहरुको साथ रहेनछु । जनताको हितका लागी सधै कटिवद्ध भएर लाग्नेछु । मतदातले आफ्नो मतको सदुपयोग गरि मलाई मतदान गर्न अनुरोध गर्न चाहन्छु । मेरो चुनाव चिन्ह आँखामा मतदान गर्न सबैलाई मेरो अपिल छ ।

 

Womui
Womui