जन्मदिनको अवसरमा दृष्टिविहिनलाई पत्रकार करुणाको सहयोग

171

नेपालगन्ज-प्रायःजसो व्यक्तिले आफ्नो जन्मदिन घरमै मनाउँछन् । जन्मदिनको अवसरमा खानपिनमा बढी पैसा खर्च गर्छन् । तर, यही समाजमा कोही यस्ता व्यक्तिहरु पनि छन्, जसले आफ्नो जन्मदिनको अवसरमा सामाजिक काममा पैसा खर्चिन्छन् । यस्तै मध्येकी एक हुन्, पत्रकार करुणा शाह । नेपालगन्ज निवासी पत्रकार शाहले आफ्नो जन्मदिनको अवसरमा शनिबार ४० जना दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरेकी छन् ।


कपडा वितरणपछि सामुहिक फोटो खिचाउँदै पत्रकार करुणा शाह ।

ठकुरी पत्रकार समाज नेपालको अध्यक्ष समेत रहेकी शाह बागेश्वरी एफ.एम र स्थानीय बागेश्वरी टेभीमा कार्यरत छिन् । बाँके नेत्रहीन संघ, नेपालगन्जको भवनमा बस्दै आएका दृष्टिविहिन बालबालिकालाई उनले ५० हजार भन्दा बढी रकम बराबर ट्राउजर र हुट हस्तान्तरण गरिन् । दृष्टिविहिन बालबालिकालाई न्यानो कपडा र मिठाई बाँडेर जन्मदिन मनाएकी शाहले सहयोग गर्न पाउँदा हर्षित भएको बताईन् । जन्मदिनमा खर्च गर्ने रकम कटौती गरेर दृष्टिविहिन बालबालिकालाई सहयोग गर्ने सोच जागेको बताएकी छन् । पत्रकार शाहले गतवर्ष पनि नेपालगन्जस्थित निलसागर बृद्धाश्रममा बस्ने बृद्धबृद्धालाई सहयोग गरेकी थिईन् ।

पत्रकार करुणा शाह ।

सहयोग हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु, प्रेस युनियन बाँकेका अध्यक्ष जयनारायण शाह, क्रेटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, उद्योगी तथा व्यवसायी संजयकुमार अग्रवाल, बाँके नेत्रहीन संघका अध्यक्ष कन्हैयालाल राना, संघका कोषाध्यक्ष भोलानाथ त्रिपाठी लगायतको उपस्थिती रहेको थियो । संघका अध्यक्ष कन्हैयालाल रानाले जन्मदिन मनाउने पैसा कटौती गरेर दृष्टिविहिन बालबालिकालाई सहयोग गरेकोमा आभार व्यक्त गरे ।

Womui
Womui