तीन सय ५० भन्दा बढी एमालेमा प्रवेश

134

नेपालगन्ज-बाँकेको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनले आफ्नो प्रचार सशक्त रुपले अगाडी बढाएको छ । उक्त गठबन्धनले केहीदिनदेखी आफ्ना चुनावी अभियान सशक्त रुपले अगाडी बढाएको हो । गठबन्धनले शनिबार क्षेत्र नम्बर ३ को ईगाउँ र इन्द्रपुरमा चुनावी सभा गरेको छ । उक्त सभामा ३ सय ५० जना भन्दा बढी एमालेमा प्रवेश गरेको वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नम्बर ३ ले जनाएको छ ।

ईगाउँमा भएको सभामा राप्रपाका खजुरा गाउँपालिका उपाध्यक्ष बलबहादुर बिसी, सचिव राजु थापा, राप्रपाबाट निर्वाचित खजुरा ४ का महिला सदस्य चन्द्रा थापा, दलित महिला सदस्य आशा परियार, नेपाली काँग्रेसका प्रकाश मल्ल, रामबहादुर खड्का, गिरमे महतारा, करसिंह महतारा, चन्द्रकला परियार लगायत माओबादी केन्द्र, संघिय समाजवादी फोरमका ठुलो संख्याका कार्यकर्ता एमालेमा प्रवेश गरेको क्षेत्र नम्बर ३ का एमाले प्रतिनिधी सभा उम्मेदवार नन्दलाल रोका(क्षेत्री)ले जानकारी दिए ।

Womui
Womui