‘चुनावपछि पार्टी एकिकरण हुन्छ’ : ओली

56

नेपालगन्ज-एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि दुई पार्टीबीच एकीकरण हुने कुरा दोहो¥याएका छन् । नेपालगन्ज बिमानस्थलमा शुक्रबार पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘चुनावपछि एमाले र माओबादीबीच एकता हुन्छ, चुनाव नजिक आइसकेकाले मात्रै एकीकरणको कामलाई अघि बढाउन नसकेका हौं ।’ अर्को प्रसंगमा उनले वर्तमान सरकारले सामथ्र्य गुमाइसकेको जिकिर गरे । उनले भने, ‘अहिले पनि चुनाव रोक्ने बाहना खोजिरहेका छन्, हामीले त्यसको खबरदारी गरिरहेका छौं ।’

राष्ट्रसेवक कर्मचारीलाई संविधान अनुसार आफ्ना कामकारबाही गर्न आग्रह गर्दै बर्तमान सरकारले धाँधलीकै रुपमा प्रहरीभित्र सरुवा र बढुवा गरिरहेको दाबी गरे । चुनावपछि बाम वठबन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने ओलीको भनाई छ । उनले अगाडी थपे, ‘निर्वाचनपछि कम्युनिष्ट सरकार आइहाल्छ, त्यसपछि मुलुकमा समृद्धिको ढोका खुल्छ ।’ चुनावमा सक्रियता पुर्वक खटिन उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।

Womui
Womui