‘बाँकेको विकासका लागी मेरो उम्मेदवारी हो’

61

तेजनारायण कँडेल
उम्मेदवार, एकिकृत राप्रपा(राष्ट्रवादी), प्रतिनिधी सभा-२ बाँके

चुनाव प्रचार प्रसार अभियान कस्तो चलिरहेको छ ?
चुनाव प्रचार–प्रसारको अभियानलाई तिव्रताका साथ अघि बढाईएको छ । गाँउ–गा“उमा जाने मतदातालाई भेट्ने र आफ्नो चुनावी एजेण्डा पेश गर्ने, बेलुकापख नगरका विभिन्न क्षेत्रमा जाने मतदातासँग भेट्ने काम भइरहेको छ ।

मतदातालाई भेट्दा के भन्छन् ?
मतादाताहरु धेरै तनावमा छन् । धेरै नेतालाई हे¥यौं, विकास हुन सकेन भनेर उनीहरु दुःख सुनाउँछन् । समाजका विभिन्न समस्या शिक्षा, स्वास्थ्य, सडक, कृषि सबै क्षेत्रमा विकास हुन सकेको छैन । जनताले यही सबैको विकास हुनुपर्छ, यो सबैका लागी तपाई नेतृत्वमा आउनुपर्छ भन्ने मतदाताहरुको माग छ ।

तपाई मुख्य रुपमा के–के एजेण्डा बोकेर जनता माझ जानु भएको छ ?
हामीले राष्ट्रिय र स्थानीय स्तरका मुद्दा जनता समक्ष लगेका छौं । सबै जातजाति, धर्मको सम्मान हुने गरि सनतान हिन्दुराष्ट्र हुनुपर्छ भन्ने हाम्रो एजेण्डा छ । राजसंस्था राष्ट्र प्रमुखका रुपमा हुनुपर्छ । प्रत्यक्ष प्रधानमन्त्रीको निर्वाचन हुनुपर्छ, भ्रष्टाचार मुक्त समाजको निर्माण हुनुपर्छ । वैदेशिक रोजगारीको अन्त्य गर्नुपर्छ र युवालाई स्वदेशमै रोजगारी दिनुपर्छ भन्ने कुराको जोडदार रुपले हाम्रो पार्टी उठाईरहेको छ । यसका साथै प्रदेश नम्बर पाँचको राजधानी नेपालगन्ज हुनुपर्छ । महेन्द्र बहुमुखी क्याम्पसको स्तर उन्नती, कम ब्याजदरमा कृषकलाई सामाग्री उपलब्ध गराउने, नगरमा सार्वजनिक शौचालय बनाउने, अब्यवस्थित पार्किङको ब्यवस्थापन, अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण, खुल्ला सिमानालाई ब्यवस्थापन गरि सुरक्षा दिने लगायत एजेण्डा छन् ।
यदी तपाईले जित्नु भयो भने यि एजेण्डा कार्यान्वयन गर्न सम्भव होला त ?
बिल्कुल सम्भव छ । हामीले हावा गफ गरिरहेका छैनौं । हामीले मनन् गरेर जनताका माँझ प्रस्तुत गरेका हौं । एजेण्डालाई अक्षरस पालना गरि त्यसलाई प्रभावकारी ढंगबाट लागु गर्छौं । यो विषयमा कुनै शंका नै छैन की हाम्रो एजेण्डा नै नेपाली जनताको हो ।

तपाईको उम्मेदवारीलाई मतदाताले के भन्छन् ?
युवा अवस्थामा मैदानमा आउनु भएकोमा मलाई सबैले स्वागत गरिरहनु भएको छ । युवा जोश, जाँगरमा देश र समाजमा विकासको मूल फुटाउने दक्षता राख्ने भएकाले मलाई मतदाताले हौसला दिईरहनु भएको छ । साथै उहाँहरुले यसपटक जिताउने बचन पनि दिनु भएको छ ।

तपाईको पार्टीले राजसंस्थाको वकालत गरिरहेको छ, जनताले एकपटक फालिसकेको राजसंस्थाको पक्षमा वकालत गर्दै गर्दा मत परिणाममा प्रभाव पार्दैैन ?
राजसंस्था जनताले फालेका होईनन् । राजसंस्था संसदले विघटन गरेकोले संसदका रुपमा हुनुपर्छ । निरकुंश प्रवृत्तीको अन्त्यका लागि २०६२/६३ मा नारा लागेको हो । राजसंस्था हटाउनका लागी थिएन् । राजसंस्था भनेको राष्ट्रिय चरित्र भएको संस्था हो । जुन संस्थाले हिमाल, पहाड, तराईलाई भावनात्मक सम्बन्धमा जोड्ने काम गर्छ । यो संस्था कहिले पनि गलत भएन् । देश र जनताको भलोका लागी राजसंस्थालाई प्रयोग गर्ने हो । संस्था कहिले पनि खराब हुदैन । संस्थामा रहेका ब्यक्ति खराब हुन्छन्, ब्यक्ति नै खराब भएपछि २ सय ४० वर्ष लामो ईतिहास बोकको राजसंस्था नै सखाप पार्नु न्याय संगत कार्य होईन् । यो हाम्रो सम्पत्ती हो, जसलाई बचाई राख्न प्रत्येक नेपाली नागरिकको कर्तब्य र अधिकार हो । राजसंस्था सबै नेपालीको अभिभावक हो, भन्ने हाम्रो पार्टीको बुझाई छ ।

वाम र लोकतान्त्रिक गठबन्धनले तपाईलाई कत्तिको कठिन भएको छ ?
निजी स्वार्थमा गरिएको यि गठबन्धन अपवित्र गठबन्धन हुन् । वाम गठबन्धनभित्र एउटा उघ्र क्रान्तिकारीका रुपमा माओबादी छ, भने अलिकम क्रान्तिकारी एमाले छ । यि गठबन्धन अपवित्र छन् । बढीमा यि गठबन्धन निर्वाचनसम्म मात्र सिमित रहन्छन् । जनताले धेरै परेसानी भोग्नु परेको छ । एमालेका थुप्रै कार्यकर्तालाई यो गठबन्धन मनपरेको छैन, भने त्यतिकै माओबादीमा पनि देखिन्छ । लोकतान्त्रिक गठबन्धन पनि निजी स्वार्थकै लागी बनेको गठबन्धन हो ।

निर्वाचनमा तपाईले के चुनौती देख्नुभएको छ ?
अहिलेको माहोल भनेकै हाम्रो पक्षमा छ । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रबादी)कै माहोल छ । हामीलाई चुनौती त्यस्तो खासै छैन, तरपनि चुनौती छैन भन्न मिलेन् । ठूला पार्टीका सामु चुनौतीका साथ सामना गरिरहनु परेको छ । उनीहरु पैसाको ठूलो चलखेल गरि मतदातालाई प्रभावित पार्ने, बहकाउने, खरिद बिक्री गर्ने सम्म पुगेका छन् । विभिन्न धम्की, डर, लोभ देखाई जनतालाई हतोत्साहित गर्ने काम भइरहेको छ ।
अब अन्त्यमा, तपाईले जितेपछी नेपालगन्जका लागी के गर्नुहुन्छ ?
मैले जितेपछी क्षेत्र नम्बर २ मा विकासका मुल फुट्छन् । हाम्रा आँखाअघि भएका सबै समस्याहरु ट्राफिक ब्यवस्थापन, फोहोर व्यवस्थापन, बजार ब्यवस्थापन, सार्वजनिक शौचालय, सबैलाई करको दायरामा ल्याई छुट, नगरमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा छुट एवम् लगानीको प्रबन्ध मिलाउने छौं । र सबैलाई एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रबादी)को चुनाव चिन्ह चारकुना बाकसभित्र रहेको हलोमा अत्यधिक मतदान गरि विजयी गराउन अनुरोध गर्दछु ।

Womui
Womui