एकिकृत राप्रपा(राष्ट्रवादी)का उम्मेदवार कँडेल भन्छन् :– ‘मैले जे बोल्छु, त्यही गर्छु’

33

नेपालगन्ज–एकिकृत राप्रपा(राष्ट्रवादी) का प्रतिनिधी सभा–२ बाँकेका उम्मेदवार तेजनारायण कँडेलले मतदाताको विश्वास क्रमशः बटुल्न थालेका छन् । उनी घरदैलोमा पुग्दा मतदाताले उनलाई ठाउँ–ठाउँमा स्वागत गरिरहेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २२ तेलियनपुर्वा र वडा नम्बर ९ बाँके गाउँमा घरदैलोका क्रममा उम्मेदवार कँडेललाई मतदाताले स्वागत गर्दै जितका लागी अग्रिम बधाई दिएका थिए ।

नेपालगन्जमा बुधबार घरदैलो गर्दै एकिकृत राप्रपा(राष्ट्रवादी)का उम्मेदवार तेजनारायण कँडेल ।

‘जता गयो त्यहाँका मतदाताहरु निकै उत्साहित देखिन्छन्,’ उनले भने ‘म प्रति मतदाताको जनविश्वास बढ्दै गएको छ ।’ घरदैलोका क्रममा भेटिने अधिकांस मतदाताले अहिले सम्म विकासको नाममा केही हुन नसकेको गुनासो गरेको कँडेलले बताए । ‘अहिले सम्म जितेर गएका व्यक्तिले बजेट सिध्याउने काम मात्रै गरे, तपाईप्रति यसपटक हाम्रो सहानुभुती र सहयोग रहन्छ,’ मतदाताको भनाई उदृत गर्दै कँडेलले भने ।

आफुले अधिकांस मतदातालाई यसपटक जिताएर काम गर्ने मौका दिन अनुरोध गरेको बताए । ‘मतदातालाई मैले बोलेको कुरा पुरा गरेरै छाड्छु भनेर भनेको छु, मैले जे बोल्छु, त्यही गर्छु,’ उनले भने ‘मैले अहिले चुनावको बेला मतदातासँग झुट्टो बोल्न चाहन्न ।’ कँडेल एकिकृत राप्रपा(राष्ट्रवादी)का केन्द्रिय सह–प्रवक्ता हुन् । घरदैलोमा पार्टीका सहायक महामन्त्री कौशल आचार्य, नेता, कायर्कताको उपस्थिती रहेको थियो ।

Womui
Womui