राजपाका उम्मेदवार शुक्ल घरदैलोमा सक्रिय

98

नेपालगन्ज– बाँकेको प्रदेश सभा–३ ‘क’ क्षेत्रका आम किसान र मतदाताको मन, मस्तिकमा झुण्डिएको नाम हो, देवेन्द्रनाथ शुक्ल । त्यसकारण उनलाई अचेल चुनावको घरदैलो गर्दा अधिकांस मतदाताले स्वागत र सम्मान गर्छन् । कृषि विकास बैंकको अधिकृतबाट अनिवार्य सेवा निवृत्त भएपछि शुक्लका सामु थुप्रै अवसर आए । तरपनि उनले ती अवसरलाई बेवास्ता गरे र सक्रिय राजनीतिमार्फत समाज सेवा अग्रसरता देखाए ।

कृषि विकास बैंकको शाखा प्रबन्धकको जिम्मेवारी समेत निभाइसकेका शुक्लले जागिरको शिलसिलामा किसान तथा सर्वसाधारणसँग बढाएको सम्बन्धलाई स्थापित गर्न राजनीतिमा हाम फालेका छन् । कपिलबस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ६ मा जन्मेका उनले पछिल्लो समयमा बाँकेलाई कर्मथलो बनाएका छन् । जागिरका शिलशिलामा शुक्लले बाँकेमा डेढ दशक भन्दाबढी समय बिताए । आसन्न मंसिर २१ गते हुन लागेको निर्वाचनका लागी उनले प्रदेश ३ ‘क’ मा उम्मेदवारी दिएका छन् । राष्ट्रिय जनता पार्टीको तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका शुक्लले त्यस क्षेत्रका बासिन्दासँगको सम्बन्धका आधारमा उम्मेदवारी दिएको बताएका छन् । ‘जागिरका क्रममा प्रदेश–३ ‘क’ का जनतासँग भिजेर मैले सेवा गर्ने अवसर पाएको थिए, अझैपनि जनताको सेवा गर्नको लागी म सक्रिय राजनीतिमा आएको हुँ र अहिले प्रदेश सभा–३ ख को उम्मेदवार बनेको छु,’ शुक्लले भने ।

जागिरका क्रममा आफु कुनैपनि दलसँग नजिक नरहेको बताउँदै उनले राजनीतिमा सक्रिय हुन एउटा दललाई रोज्नु परेको प्रष्ट्याए । आफुले त्यस क्षेत्रका पहाडी, मधेसी, थारु, दलित लगायत सबै समुदायलाई समान रुपले हेरेको शुक्लले बताए । चुनावका लागी विभिन्न गठबन्धन बनेपनि त्यसले आफुलाई कुनै समस्या नहुने बरु थप फाईदा गर्ने दाबी गरे । चुनावी एजेण्डा बोकेर घरदैलोमा निस्केका शुक्लले भने, ‘जसरी मैले कृषि विकास बैंकमा बसेर त्यहाँका जनतासँग सेवा गर्ने अवसर पाए, अब राजनीतिबाट सेवा गर्ने मौका पाउ, जनताले निश्चित रुपमा पनि त्यो अवसर प्रदान गर्नुहुनेछ ।’ उक्त प्रदेश सभा–३ ‘क’ मा शुक्ल सहित नेपाली काँग्रेसका चन्तराम थारु, माओबादी केन्द्रका आईपी खरेल लगायत ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Womui
Womui