मधेसी मोर्चालाई पाखा लगाएको भन्दै कांग्रेसभित्रै असन्तुष्टि 

45

Congress-Flagकाठमाडौं, वैशाख २-

स्थानीय तहको निर्वाचनमा मधेसी मोर्चालाई पाखा लगाएको भन्दै कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको पूर्वतयारी गर्ने विषयमा शनिबार तराइका ८ जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद एवम् जिल्ला सभापतिहरुले यस्तो धारणा राखेका हुन् । दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद तथा जिल्ला सभापतिहरूले यथास्थितिमा तराई मधेसमा स्थानीय तहको निर्वाचनको वातावरण नभएको पनि बताए । वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको पूर्वतयारीका लागि तराई मधेसमा चुनावी सभा गर्ने विषयमा पार्टी नेतृत्वले डाकेको छलफलमा उनीहरुले यस्तो बताएका हुन् ।

पार्टी मुख्यालय सानेपामा भएको छलफलमा सात जिल्लाका पार्टी सभापतिहरूले मधेसी जनताको मागअनुसार संविधान संशोधन गरी मधेसी मोर्चालाई पनि सहमतिका आधारमा चुनावमा लैजान चाहेको कांग्रेस सदस्य रमेश रिजालले बताए। मोर्चासँग सहमतिविना निर्वाचनमा जाउँ भनी अघि बढ्नु भनेको जनता–जनताबीच आपसी भिडन्त गराउन सरह रहेकाे  पर्साका सांसद सुरेन्द्र चौधरीले बताए। त्यस्तै फरमुल्लाह मन्सुरले मधेसी जनताको चाहनाबमोजिम संविधान संशोधनको प्रस्ताव अघि बढाएर निर्वाचनमा जानु नै उपयुक्त हुने धारणा राखेका थिए। कांग्रेसका तर्फबाट वार्तामा सहभागी मन्त्री रमेश लेखकले संविधान संशोधन विधेयकमा मधेसी जनताको माग सम्बोधन गर्न राखिएका प्रस्ताव पढेर त्यसको व्याख्या गरेका थिए।

Womui
Womui