वैशाख १२ देखि निर्वाचन अधिकृत परिचालन गरिने

69

काठमाडौं, वैशाख २–

निर्वाचन आयोगले सबै निर्वाचन केन्द्रहरुमा निर्वाचन अधिकृत परिचालन गर्ने जनाएको छ । आयोगले वैशाख १२ गतेदेखि सबै केन्द्रहरुमा निर्वाचन अधिकृत परिचालन गर्ने आयोगका सहसचिव लक्ष्मीप्रसाद यादवले बताएका हुन् ।

निर्वाचनको व्यवस्थापकीय कामको रेकर्ड विद्युतीय प्रविधिमार्फत नै गर्ने निर्णय पनि आयोगले लिएको छ ।  निर्वाचनलाई प्रविधिमय बनाउन सक्दो पहल गर्ने तयारीमा आयोग जुटेको सहसचिव यादवले बताए ।  निर्वाचन आयोगले स्थानीय तहको सबै सामग्री जिल्ला निर्वाचन कार्यालयसम्म पठाउन आवश्यक सबै खालको तयारी पनि पुरा गरेको जनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि ६४ प्रकारको सामग्री तयार पारेको पनि स्पष्ट पारेको छ । उम्मेदवारको मनोनयनको काम सम्पन्न भएपछि सम्बन्धित निर्वाचन केन्द्रमा सामग्री पुर्‍याउने जिम्मेवारी जिल्ला निर्वाचन कार्यालयलाई दिइएको छ ।

Womui
Womui