इतिहास रचिन राणाले

83

नेपालगन्ज, चैत ३०-

ngcci-umedनेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणाले बुधबार पदभार ग्रहण गरेर इतिहास रचेकी छिन् । नेपालगन्ज निवासी राणाले महासंघको इतिहासमै पहिलो महिला अध्यक्षका रुपमा पदभार ग्रहण गरेर इतिहास रचेकी हुन् ।  महासंघको ५१ औँ साधारणसभाबाट निर्वाचित भएर अध्यक्ष राणाले केन्द्रीय कार्यालय टेकुमा बुधबार पदभार ग्रहण गरेकीछिन् । उनलाई निर्वतमान अध्यक्ष पशुपति मुरारकाले पदभार हस्तान्तरण गरेका हुन् । महासंघको संशोधित विधानले वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने गरिएको व्यवस्था अनुसार मंगलबार भएको महाधिवेशनबाट राणा अध्यक्ष भएकी हुन् । नयाँ व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले राणा स्वतः अध्यक्ष बनेकी हुन्। नेपालगन्जबाट कृष्ण प्रसाद श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । श्रेष्ठलाई नेपालगन्ज उद्योग वाणिज्य संघले सर्वसम्मत रुपमा केन्द्रीय सदस्य पदका लागि प्रस्ताव गरेको थियो ।

चैत २८ देखि काठमाडौंमा सुरु भएको साधारणसभाबाट निर्वाचित भएका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, वस्तुगत तर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला तथा नगरमा प्रमोद श्रेष्ठ निर्वाचित भएका थिए। सबै कार्यसमिति सदस्यले आज पदभार ग्रहण गरेका छन्।
 पदभार ग्रहणका क्रममा अध्यक्ष राणाले पूर्वाधार निर्माणमा सरकारसँग साझेदारी गर्ने, विकासको लागि नीतिगत सुधारको लागि सरकासँग पहल गर्ने, स्वदेशी वस्तुलाई प्रबद्र्धन गर्न विशेष कार्यक्रम संचालन गर्ने र त्यसको नेतृत्व वा सहजीकरण महासंघले गर्ने बताउँदै स्मार्ट सिटीदेखि व्यवस्थित सहरी यातायात संचालनको लागि सरकारसँग सहकार्य गर्न महासंघले पहल गर्ने बताइन् ।
Womui
Womui