बालबालिकाले शहिदलाई सम्झिए

189

नेपालगन्ज, माघ १६-
बालबालिकाले शहिदलाई सम्झेका छन् । शहिद दिवसका अवसरमा बालबालिकाले आईतबार दीप प्रज्वलन गर्दै शहिदलाई सम्झेका हुन् । जहानिया राणा शासनविरुद्ध लडेका शहिदको योगदानलाई बिर्सदै गएका बेलाबालबालिकाले स्वतःस्फूर्त रुपमा रचनात्मक ढंगबाट शहिदलाई सम्झे ।

sahid-diwas

स्थानीय सहिद सेतु बिक चोकस्थित सडकमा ‘बीर शहिद अमर रहुन्’ लेखेर चार शहिद दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको तस्बिर राखेर उनीहरुको योगदान, बलिदान, सहसिक कार्यको स्मरण गरेका थिए । बालबालिकाले शहिदको सम्मानका लागि सामुहिक रुपमा राष्ट्रिय गान गायर कार्यक्रम उद्घाटन गरे । गोलवद्ध भई उभिएका बालबालिका तथा विभिन्न क्षेत्र सम्वद्ध ब्यक्तिले बलेको मैनवत्ती हात लिएर बीर शहिदको सम्मानका लागि एक मिनेट मौन धारणा समेत गरेका थिए ।

Womui
Womui