बैजापुर प्रहरीलाई सुविधायुक्त भवन

199

नेपालगन्ज, माघ १६-
लामो समयदेखी भवन अभावको समस्या खेप्दै आएको ईलाका प्रहरी कार्यालय बैजापुरले सुविधायुक्त भवन पाएको छ । आफ्नो कार्यालय भवन नहुँदा इप्रका बैजापुरको काम कृषि सेवा केन्द्रबाट हुदै आएको थियो । शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्तिकोष सचिवालय र प्रहरी प्रधान कार्यालयको प्रहरी इकाई पुनःनिर्माण आयोजनाद्धारा नवनिर्मित ३ तले भवनको आइतबार मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी) माधब नेपालले एक कार्यक्रमका बीच उद्घाटन गरे ।

police-vawan

सो कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी नायव महानिरिक्षक नेपालले भवनको गुणस्तर जतिकै प्रहरीले आफ्नो सेवाको गुणस्तर कायम गर्नुपर्ने बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले नवनिर्मित भवनको आफुले पनि सुक्ष्म तरिकाले अनुगमन गरेको बताए । समाजलाई अपराध रहित बनाउन प्रहरीको भूमिका महत्वपुर्ण रहेको उनको भनाई छ । सो अवसरमा बाँकेका प्रहरी प्रमुख (एसपी) टेकप्रसाद राई, भवन निर्माण समितिका अध्यक्ष हुमाशंकर ओली लगायतले बोलेका थिए । बैजापुर–९ धामपुरमा रहेको आफ्नै ४ कठ्ठा जमिनमा ईप्रकाको तीन तले कार्यालय तथा ब्यारेक भवन निर्माण सम्पन्न भएको हो । उक्त भवन अपांगमैत्री तथा महिला मैत्री रहेको छ । भवन निर्माणका लागी मुल्य अभिवृद्धि कर सहित १ करोड ५३ लाख ७२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । २०७१ माघ २० गते ठेकेदारसँग सम्झौता भएको हो ।

कार्यक्रममा मन्तव्य दिदै डिआईजी माधब नेपाल ।
कार्यक्रममा मन्तव्य दिदै डिआईजी माधब नेपाल ।

Womui
Womui