करिनालाई पुत्रलाभ

38

मुम्बई (एजेन्सी), पुस ५–

kareena-4बलिउड अभिनेत्री करिना कपुरलाई पुत्रलाभ भएको छ। करिनालाई स्थानीय समयानुसार मंगलबार बिहान साढे सात बजे पुत्र लाभ भएको हो । भारतीय सञ्चार माध्यमका अनुसार करिनाले मुम्बईको ब्रिच क्याण्डी अस्पतालमा आफ्नो पुत्र जन्माएकी हुन् । अस्पताल स्रोतका अनुसार अहिले आमा र छोरा दुवैको स्वास्थ्य सामान्य रहेको छ। डाक्टरले करिनालाई २० डिसेम्बरको मिति दिएका थिए। करिना आमा बनेको समाचार सार्वजनिक हुने वित्तिकै करिनालाई बधाइ दिनेको ओइरो लागेको सचारमाधयमले जनाएका छन्।

Womui
Womui