‘एक हातमा बन्दुक, एक हातमा प्रस्ताव स्वीकार गरिदैन’

39

नेपालगन्ज, मंसिर १३-
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक हातमा बन्दुक र एक हातमा प्रस्ताव सरकारले ल्याएर आएमा स्वीकार गर्न नसकिने बताएका छन् । सहमती नभए बरु विद्रोह हुने उनले चेतावनी दिए ।

पत्रकार भेटघाटमा बोल्दै तमलोपा अध्यक्ष महन्थ ठाकुर । तस्बिर : खगेन्द्र दाहाल
पत्रकार भेटघाटमा बोल्दै तमलोपा अध्यक्ष महन्थ ठाकुर । तस्बिर : खगेन्द्र दाहाल

नेपालगन्जमा सोमबार बिहान अवधी पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा उनले अहिले सम्म आफु समक्ष औपचारिक रुपमा प्रस्ताव नआएको जिकिर गरे । ‘संशोधन प्रस्ताव आएपनि सत्ताधारी दललाई बुझाइएको होला, खै हामीलाई त थाहा छैन, ‘प्रस्ताव आएपछि संयुक्त मधेसी मोर्चाले आफ्नो धारणा बनाउँछ,’ ठाकुरले भने । सञ्चार माध्यमबाट बाहिर आए जस्तो मोर्चा समक्ष प्रस्ताव नआएको उनको दाबी गरे । संविधान निर्माणका विषयमा कांग्रेस, एमाले र माओबादीले जवरजस्ती निर्णय गर्दै आएको आरोप लगाए ।

75x600dd-restyrabt

प्रस्ताव ल्याउन सरकारलाई दिएको म्यादको समय सिमा सकिनै लागेकाले चाडै आउने विश्वास गरे । ठाकुरले अगाडी थपे, ‘हामीले त प्रस्ताव चाडै ल्याउनुस् भनेर सरकारलाई भनेका हौं, तर सरकार पटक–पटक सार्दैछ ।’ संविधान संशोधनको प्रक्रियामा एमालेको सहभागिता बिना पनि पारित हुने ठाकुरले दाबी गरे । ‘एमाले बिना पनि बहुमत पु¥याउन सकिन्छ, उहाँहरु बैठक अवरोध गर्न त सक्नुहुन्छ, तर संख्याको हिसाब एमाले बिनापनि संशोधन प्रस्ताव पारित हुन्छ,’ उनले भने । मोर्चाले सुरुमा तराईलाई एक प्रदेश बनाउनुपर्ने माग राख्दै आएपनि दुई प्रदेश सम्म स्वीकार गरेको बताए ।

Womui
Womui