लोकमानकी छोरीसहित ११ ‘विज्ञ’लाई अख्तियारले हटायो

23

काठमाडौं, कात्तिक ९-

 निलम्बित लोेकमान कार्कीकी छोरीसहित ११ ‘विज्ञ’लाईअख्तियार दुरुपयोग अनुसन्धान आयोगले हटाएको छ । उक्त ११ विज्ञ अख्तियारलाई आवश्यक नभएको भन्दै हटाइएको हो । विज्ञहरुलाई हटाउने विषयमा आयुक्तहरुको छलफलपछि उक्त कदम चालिएको हो । महाअभियोग प्रस्ताव दर्ता भएसँगै अख्तियारका प्रमुख कार्की निलम्बित अवस्थामा छन् र दीप बस्न्यात कार्यबाहकको भूमिकामा छन् । स्रोतका अनुसार अख्तियारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिकलाई हटाएको छ । उनीहरु कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका थिए । यसैगरी अनुसन्धान विज्ञको रुपमा नियुक्ति पाएका माधव खत्री, भरत शर्मा, केशव खरेल र गोवर्धन श्रेष्ठलाई पनि हटाइएको छ । अर्थ विज्ञको रुपमा नियुक्ती पाएका रामहरि अर्याल, सञ्चार विज्ञ भनिएका शरद अधिकारी र भुमिसुधार विज्ञ भनिएका हुपेन्द्रमणि केसीलाई पनि अख्तियारबाट हटाइएको छ । यस्तै मेडिकल विज्ञको नाममा नियुक्ति पाएकी लोकमानसिंह कार्कीकी छोरी आध्या श्रीलाई पनि हटाइएको अख्तियार स्रोतले जनाएको छ ।

Womui
Womui