बिद्युत चोरीमा संलग्न २१ पक्राउ

32

नेपालगन्ज, कात्तिक ६-
बिद्युत चोरी गरेको आरोपमा नेपालगन्जको विभिन्न स्थानबाट २१ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो । नेपालगन्ज उपमहानगरपालिकास्थित उदयपुर र पुरैना क्षेत्रबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक रामबहादुर चन्दका अनुसार उनीहरु लामो समयदेखि बिद्युत चोरीमा संलग्न रहदै आएका थिए ।

पक्राउ परेका मध्ये १८ जना जरिवाना तिरेर मुक्त भएका छन, भने ३ जनाले जरिवाना तिर्न नसक्दा प्रहरी नियन्त्रणमै रहेका छन् । बिद्युत चुहावट भइरहेको व्यापक गुनासो बढेपछि केही दिनदेखि प्रहरी र बिद्युत प्राधिकरणका कर्मचारीले संयुक्त रुपमा निग्रानी बढाएका थिए । सोही क्रममा पुगेको टोलीले चोरीमा संलग्न व्यक्ती सहित प्रयोग गरिएका सामान बरामद गरेको थियो ।

Womui
Womui