पुरक बजेट राजनीतिक सहमतीमा : महरा

159

रोल्पा, कात्तिक १-
उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पुरक बजेट राजनीतिक सहमतीका आधारमा ल्याउने बताएका छन् । प्रेस सेन्टर रोल्पाले गरेको पत्रकार सम्मेलनमा उनले पूरक बजेट चाडै ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘पुरक बजेट राजनीतिक सहमतिका आधारमा ल्याउने हो, हामीसँग स्रोत पनि छ । हामी पूरक बजेट ल्याउने तयारीमा छौं । पूरक बजेट रणनीतिक योजना पनि हो, राजनीतिक सहमति र स्रोतका आधारमा यो ल्याउन सकिन्छ, हामी पूरक बजेट ल्याउने तयारीमा छौं,’ उनले भने ।

Mahara

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सम्बोधनमार्फत अघि सारेका योजना कार्यान्वयनका निम्ति पनि पूरक बजेट आवश्यक रहेको अर्थमन्त्री महराले जिकिर गरे । सरकारले ल्याउने पूरक बजेटमा रोल्पाका योजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिने उनले बताए । ‘रोल्पाका झन्डै पौने पाँच सय योजना छन, रोल्पालाई प्राथमिकता सहित अगाडि बढाउने सोच छ,’ अर्थमन्त्री महराले भने ।

nmc-college-1000x75-pixel

Womui
Womui