कोहलपुरबाट नयाँ दिल्ली सम्म बस सेवा

44

कोहलपुर, असोज १७-
बाँकेको कोहलपुरबाट भारतको राजधानी नयाँ दिल्ली सम्मका लागि सुविधा सम्पन्न बस सेवा सञ्चालनमा आएको छ । भेरी यातायात प्रालिले आइतबारदेखि कोहलपुर हुदै नयाँ दिल्ली सम्मका लागि बस सेवा सुरु गरेको हो । बर्दियाको शान्तिबजार, ताराताल, गुलरिया लगायतका स्थानबाट राजधानी सम्मका लागि सुविधा सम्पन्न एसी सस्पेन्सन बस सेवा सञ्चालन गर्दै आएको उक्त समितिले दुई साता भित्रै नयाँ दिल्ली बस सेवा पनि सञ्चालन गरेको हो । नेपाली तथा भारतीय नागरिकलाई स्तरीय सेवा पु¥याउने उद्धेश्यले नयाँ दिल्ली सम्मको बस सेवा सञ्चालन गरिएको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । प्रालिका अध्यक्ष गिरीले पहिलो दिन बसमा सवार यात्रुलाई अबिर र खादा लगाएर यात्रा सफलताको कामना सहित बिदाई गरेका थिए ।

Womui
Womui