बाँके प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक

56

नेपालगन्ज, असोज १६-
जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । कार्यालयमा आइतबार पत्रकार सम्मेलन गरी सुरक्षा योजना सार्वजनिक गरेको हो । प्रमुख प्रहरी उपरिक्षक टेकप्रसाद राईले विशेष सुरक्षा योजना अन्तर्गत जुवातास नियन्त्रण, चोरी डकैती नियन्त्रण, उपभोग्य बस्तुको सहज आपुर्ती, पटाका अतिशवाजी लगायतका विष्फोटक पदार्थहरुको आयात र प्रयोगमा नियन्त्रण, सरकारी कार्यालय तथा महत्वपुर्ण प्रतिष्ठानको सुरक्षा, राजमार्ग तथा सहायक राजमार्ग सुरक्षा, बैंक तथा वित्तिय संस्था, बसपार्क तथा सुपरमार्केटहरुमा हुने चोरी डकैती नियन्त्रण रहेका छन् ।

विशेष सुरक्षा योजनाबारे जानकारी दिदै प्रहरी उपरिक्षक टेकप्रसाद राई ।
विशेष सुरक्षा योजनाबारे जानकारी दिदै प्रहरी उपरिक्षक टेकप्रसाद राई ।

यस्तै अवैध मदिरा उत्पादन तथा बिक्री वितरणमा नियन्त्रण, सिमा नाकामा हुने लुटपाट तथा ठगीको घटनाहरुमा नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण गर्ने सुरक्षा योजना लागु गरिएको प्रहरी उपरिक्षक राईले बताए । हिन्दु धर्मावलम्बीको बडादसै, तिहार र छठ तथा मुस्लिम समुदायको मोहरम पर्व अवधीभर सुरक्षाका लागि जिल्लाका विभिन्न स्थानमा कुल ६ सय १६ जना प्रहरी खटिने उनले जानकारी दिए । ‘हामीले यसपटक जुवाडेहरुको बायोडाटा नै तयार गरेका छौं, सोही अनुसार निग्रानी बढाइरहेका छौं,’ राईले भने । चार्डपर्वमा हुन सक्ने लुटपाट, चोरी र डकैतीलाई मध्यनजर गर्दै बैंक तथा वित्तिय संस्था र सेवाग्राहीको सुरक्षाका लागि सादा पोशाकमा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख राईले बताए ।

‘वित्तिय संस्थामा आवश्यक सुरक्षा प्रदान गर्नका लागि विशेष दस्ता परिचालित भइसकेका छन,’ उनले भने । यस्तै भारतबाट फर्किने नेपाली मजदुरमाथि हुने लुटपाट तथा ज्यादतीका घटना रोक्न बहराइच र श्रावस्ती जिल्लाका सुरक्षा प्रमुखसँग समन्वय भइरहेको पत्रकार सम्मेलनमा राईले बताए । जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७२÷७३ को चाडपर्व अवधीमा ४३ वटा विभिन्न अपराधका मुद्दा दर्ता भएकोमा ७५ जना अभियुक्त पक्राउ परेका थिए । ‘पोहोर साल भन्दा यसवर्ष अपराध बढी हुन नदिन सुरक्षा सर्तकता बढाएका छौं,’ राईले भने ।

Womui
Womui