कटुवा पेस्तोल र थ्री नट थ्री राइफलको गोली सहित एक पक्राउ

173

कैलाली, असोज १६-

hatiyarअवैध हतियार राखेको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  धनगढी उप–महानगरपालिका वडा नम्बर १३ राजपुरका प्रेम भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको हो । सुराकीको आधारमा भट्टलाई एक थान कटुवा पेस्तोल र थ्री नट थ्री राइफलका गोली दुई थान र नाइन एमएम गोली ६ राउण्डसहित पक्राउ गरेको कैलालीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए। पक्राउ परेका भट्टलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए।

Womui
Womui