एकै रात ६ घरमा चोरी !

54

नेपालगन्ज, असोज १२-
बाँकेको हिरमिनिया गाविसमा एकैरात ६ वटा घरमा चोरी भएको छ । हिरमिनियाको वडा नम्बर ३ शुब्बापुर्वा गाउँमा मंगलबार चोरी भएको हो । स्थानीय जलालु शेष, पहलवान शेष, शफिक शेष, उमेद शेष, आशिकअलि शेष र छोट्कन मुन्नु शेषको घरमा चोरी भएको स्थानीय बासिन्दाले जानकारी दिए । राती करिव १२ देखि २ बजेको समयमा भएको चोरी भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । चोरले सुन, चाँदीका गरगहना, लुगालत्ता र नगद गरेर करिव ३ लाख रुपैयाँ बराबरको चोरी भएको पिडितले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक(डिएसपी) सरोज पौडेलले बताए ।

Womui
Womui