बंगलादेशी भन्दा नेपाली खोताखोर सक्षमः गृहमन्त्री निधि

45

काठमाडौं, असोज ११-

Bimalendra-Nidhiतीन दिनदेखि त्रिशूलीमा बेपपत्ता पूर्वगृहमन्त्री माधव घिमिरे र उनका भाइको खोजी गर्न बाहिरबाट गोताखोर झिकाउन आवश्क नरहेको उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले बताएका छन् । मंगलबार अपरान्ह गृहसचिव लोकदर्शन रेग्मी र सुरक्षा प्रमुखलाई साथ लिएर दुर्घटनास्थल चितवनको दारेचोकस्थित घोप्टेभीरको निरीक्षण गर्न पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिले बंगलादशी गोताखोर भन्दा स्वदेशी गोताखोर सक्षम रहेको बताएका हुन् । उनले पोखराबाट दुईवटा सोनार झिकाइ खोजी कार्यलाई तीव्रता दिने भन्दै आवश्यक परे खोजबिनका लागि विदेशबाट अत्याधुनिक उपकरण झिकाउने बताए । पूर्वगृहमन्त्री घिमिरे र उनका भाइसहित सातजना चढेको जीप गत आइतबार साँझ घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो।

Womui
Womui