दुर्घटना रोक्ने दीर्घकालीन उपायबारे सुझाव पेस गर्न छानबिन समिति गठन

39

काठमाडौं, असोज ११-

दिनहुँ घटिरहेका सडक दुर्घटना न्युनीकरणको उपायबारे सुझाव पेस गर्न ५ सदस्यीय छानविन समिति गठन गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री माधव घिमिरेको दुर्घटना र धादिङमा मंगलबार भएको बस दुर्घटनाबारे छानबिन गर्न पूर्व प्रहरी महानिरीक्षक कुवेर रानाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाको छानबिन गरी प्रतिवेदन पेश गर्न र सडक दुर्घटना रोक्ने दीर्घकालीन उपायहरुबारे सुझाव पेस गर्न कार्यदेश दिइएको छ ।

समितिमा संयोजक बाहेक नेपाल प्रहरीका एआईजी केदार साउन, सशस्त्रप्रहरीका एआईजी प्रेम शाही, गृहमन्त्रालयका सहसचिव बालकृष्णपन्थी र भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रहेका छन् ।

Womui
Womui