फोटो यात्रामा उत्साहजनक सहभागिता

134

नेपालगन्ज, असोज ८–
नेपालगन्जमा शनिबार दोस्रो पटक फोटायात्रा गरिएको छ । बालबालिकाको शिक्षामा सहयोग जुटाउन कलर्स अफ नेपाल तथा नेपालगन्ज फोटो वाकर्सको संयुक्त आयोजनामा म परिवर्तन हुँ भन्ने नाराका साथ फोटो यात्रा गरिएको हो । फोटोग्राफीका माध्यमबाट बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले फोटो यात्राको दोस्रो संस्करणका रुपमा शनिबार बिहान ७ बजे स्थानीय त्रिभुवन चोकबाट यात्रा सुरु गरिएको थियो ।

photo-yatra

यात्रा सदरलाईन, घरबारीटोल, धम्बोझी चोक, सहिद सेतु बिक चोक हुदै बागेश्वरी मन्दिरमा पुगेर समापन गरिएको थियो । एकाबिहानै उपमहानगर क्षेत्रमा छ्याप छ्याप्ती रुपमा फोटो ग्राभरको भिड देखेपछि सर्वसाधारण आश्चर्यमा परेका थिए । फोटो यात्रामा फोटोग्राफीमा रुची राख्ने पत्रकार तथा युवाहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो । ग्लोबल फोटो यात्रा नेपालगन्जका साथै नेपालका चितवन, धरान, काठमाडौं, पाल्पा र पोखराका साथै अमेरिका, बेलायत, जर्मनी, भारत र अस्टेलियामा एकै दिन आयोजना गरियो । यात्राले फोटोग्राफीको शिप विकासका साथै शिक्षामा सहयोग पु¥याउने कार्यक्रम संयोजक विशाल रानामगरले बताए । फोटो यात्रामा उत्साहजनक रुपले फोटो ग्राफरको सहभागिता रहेको उनको भनाई छ ।

Womui
Womui