मनमोहन विधेयक संसदबाट फिर्ता लिइने

30

काठमाडौं, असोज ३-
सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयकलाई फिर्ता लिने भएको छ। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले संसदमा विचाराधिन उक्त विधेयक फिर्ता लिने निर्णय गरेको खबर आजका पत्रपत्रिकामा छापिएको छ । मन्त्रिपरिषदले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स)को नाम परिवर्तान गरी लोकतान्त्रिक आन्दोलनका सम्मानित नेता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा राख्ने निर्णय समेत गरेको छ । अब नाम्सको नाम मनमोहन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिनेछ । नाफामुलुक संस्थामा यस्ता सम्मानित नेताको नाम नजोड्न यस्तो निर्णय भएको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

Womui
Womui