यस्तो छ यातायात व्यवस्था विभागले मन्त्रालय पठाएको मस्यौदा संशोधन

41

काठमाडौँ, भदौ २७-

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा महत्त्वपूर्ण संशोधनको प्रस्ताव गर्दै आइतबार मन्त्रालयमा मस्यौदा पठाएको छ। प्रस्ताव मन्त्रालयबाट संसद पुगी पारित भएपछि मात्रै ऐनका रुपमा लागू हुनेछ। मस्याैदामा संशोधन गरिएका केही संशोधन यस प्रकार छन्ः

१।    लाइसेन्स (सवारी चालक अनुमति पत्र) अब दुई किसिमका हुनेछन्-  व्यवसायिक र गैरव्यवसायिक। पेशाका रुपमा कार्य गर्ने गरी व्यवसायिक लाइसेन्स लिनुपर्नेछ। व्यक्तिगत प्रयोजनका लागि भने गैरव्यवसायिक लाइसेन्स लिनुपर्नेछ।
२।   सार्वजनिक सवारीलाई व्यवसायिक सवारी भनिनेछ। व्यवसायिक सवारी यात्रीवाहक र मालवाहक गरी दुई प्रकारको हुनेछ।
३।  उत्पादन मितिले २० वर्षभन्दा बढी भएको कुनै पनि सवारीको दर्ता हेरफेर र नामसारी गरिने छैन।
४।  सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, लामो रुटमा प्रत्येक छ घण्टामा चालक परिवर्तन नगरे, निजी सवारी साधनले भाडाको यात्री बोके सवारी साधन दर्ता इजाजतपत्र निलम्बन गरिनेछ।
५।   ठूलो सवारी साधनको लाइसेन्स लिन न्यूनतम उमेर २१ वर्षको ठाउँमा २५ वर्ष
६।   मझौला र सानो सवारी साधनको लाइसेन्स लिन १८ वर्षको सट्टा २१ वर्ष राख्ने।
७।    मोटरसाइकल तथा सानो दुई पाङ्ग्रे सवारी साधनका लागि १६ वर्षको साटो १८ वर्ष राख्ने।
८।   एक पटक लाइसेन्स पाइसकेको चालकले अर्को सवारी साधनको लागि थप लाइसेन्स लिन लिखित परीक्षा लिइने छैन।
९।    लाइसेन्स परीक्षामा एक पटक असफल भएकोले पुनः परीक्षा दिन तीन महिनासम्म नपाउने व्यवस्था भइआएकोमा अब एक महिनासम्म बनाइएको छ।
१०।   लाइसेन्सको म्याद पाँच वर्ष रहँदै आएकोमा अब १० वर्ष बनाइने र  नवीकरण पनि १० वर्षको हुनेछ ।
११।     सिट संख्याभन्दा सवारी राखेमा, यात्रुवाहक सवारी साधनले मालसामान राखेमा वा मालवाहक सवारी साधनले यात्रु बोकेमा, रुट इजाजत नलिएको बाटो सवारी चलाए, सवारी चलाउँदा मोबाइल फोन प्रयोग गरे, मापसेबाट एक पटक भन्दा बढी सजाय पाइसकेको भए लाइसेन्स निलम्बन गर्न सकिनेछ।
१२।    लापरवाहीका कारण सवारी दुर्घटनाबाट मानिसको अङ्गभङ्ग भए वा मृत्यु भए लाइसेन्स खारेज हुने।
१३।    प्रशिक्षार्थी सवारी चालक सम्बन्धी व्यवस्था गरिनेछ।
१४।    सवारी साधनमा रंगीन शिशा राख्न नपाइने।

Womui
Womui