फुपुल्हामुलाई एसियाली जुनियर जुडोमा कांस्य पदक

57
काठमाडौं, भदौ २७-
junior Judoदसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले कास्य पदक जितेकी छिन्। ओलम्पियन फुपुल्हामुले भारतको केरलास्थित कोचीमा आइतबार सम्पन्न प्रतियोगिताको १७ औं संस्करणमा इरानकी मोहम्दीबान्दबोनी नासिमलाई सिमिवाजा (घाँटीमा लक लगाएर) पराजित गरेकी हुन् । ६७ केजीको प्रतिस्पर्धामा फुपुल्हामुलाई क्वार्टरफाइनलमा हराएकी दक्षिण कोरियाकी ली सोहीले स्वर्ण पदक जितिन् ।
 फुपुल्हामुले पछिल्लो समय नेपालको लागि महत्वपूर्ण सफलता हासिल गरेकी छिन् । उनले भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी थिइन भने ब्राजिलमा सम्पन्न रियो ओलम्पियनमा पनि उनको प्रदर्शन राम्रो रहेको थियो ।
Womui
Womui