दुई हजार सीसी लागूऔषध ल्याउँदै गर्दा दुई इञ्जिनियर पक्राउ

38
भैरहवा, भदौ १८-
दुई हजार सीसी लागूऔषाधसहित दुई इञ्जिनियरलाई जिल्लास्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय सिभिल इञ्जिनियर नवीराज बास्तोला र साेही स्थानका आइटी इञ्जिनियर महेश गैरेलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । उनीहरुले  रुपन्देहीको सीमाक्षेत्र भारतीय बजार सुनौलीबाट झोलामा लुकाई ल्याउँदै गरेको दुई हजार सीसी लागूऔषधसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म डण्डा भैरहवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक शंकर खनालले बताए।
 नायब उपरीक्षक खनालका अनुसार उनीहरूले इन्जिनियरिङ अध्ययन गरे पनि रोजगारी नपाएकोले पैसाको प्रलोभनमा लागूऔषध ओसारपसारमा लागेको बताएको बयान दिएको बताए ।  प्रहरीले उनीहरूको साथबाट नुफिन, फेनरागन, नाइट्राभेट लगायत दुई हजार सीसी, २३ हजार रुपैयाँ नगद, ३ वटा मोबाइल, ल्यापटप र उनीहरूले प्रयोग गरेको लु१८प ९३८१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएको लागुऔषध खैरनीटारका राजन भन्ने व्यक्तिको नाममा तीन बट्टा, खैरनीटारकै रैवन भन्ने व्यक्तिको नाममा एक बट्टा, मनकामनास्थित कमल भन्ने व्यक्तिको नाममा १० बट्टा र पोखराको अर्जुन भन्ने व्यक्तिको नाममा दुई बट्टा रहेको छ।
पक्राउ परेका युवाहरूले विभिन्न स्थानमा लागुऔषध पुर्याएबापत ३० हजार रुपैयाँ पाउने अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। बरामद लागुऔषधको बजार मूल्य अनुसार करिब साढे ६ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
Womui
Womui